लन्डन । लन्डन साउथ इष्टस्थित केन्टको डार्टफोर्ड बरो काउन्सिलको काउन्सिलर पदका लागि नेपाली मूलका बच्चुकैलाश कैनी उम्मेदवार छानिएका छन् ।
लण्डनस्थित एक अस्पतालका व्यवस्थापक कैनीलाई डार्टफोर्ड निर्वाचन क्षेत्रको लेबर पार्टीको शुक्रबार सम्पन्न बैठकले उम्मेदवारमा अनुमोदन गरेको हो ।
सो काउन्सिलमा एक वर्षपछि ७ मे, २०१५ मा स्थानीय निर्वाचन हँुदैछ ।
काउन्सिलरका अन्य आकांक्षीहरुलाई पछि पार्दै उम्मेदवारमा छानिएपछि कैनीले प्रतिक्रिया दिँदै भने, ‘आफू छानिएको खबरले म निकै हर्षित छु ।’ ‘अब एक वर्षको अवधिमा चुनाव जित्नका लागि मैले निकै मिहिनेत गर्नुपर्नेछ । यो मेरो र पार्टी दुवैका लागि चुनौती पनि हो’ उनले थपे ।
राजनीतिक वातावरणमा हुर्किएका र सानैदेखि राजनीतिप्रति रुचि राख्न थालेको बताउने कैनी अहिले डार्टफोर्ड निर्वाचन क्षेत्र लेबर पार्टीको ट्रेड युनियन लियजन कोअर्डिनेटर र लेबर पार्टीको यही वर्ष सेप्टेम्बरमा हुने महासम्मेलनका लागि डार्टफोर्ड निर्वाचन क्षेत्र समितिको तर्फबाट एक्लो प्रतिनिधि पनि हुन् ।
सन् २००९ देखि युनिसन ट्रेड युनियनको सदस्य र सन् २०१३ देखि लेवर पार्टीको सक्रिय सदस्य कैनी अस्पताल व्यवस्थापन क्षेत्रमा नेपाल र बेलायतमा गरी २२ वर्षदेखि कार्यरत छन् ।
तनहुँको एउटा सामान्य कृषक परिवारमा जन्मिएका कैनी ९ वर्षदेखि बेलायतको सरकारी राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस्) मा व्यवस्थापकको रुपमा कार्यरत छन् ।
अहिले युनिभर्सिटी अफ ग्रीनीच, लन्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधि गर्दै गरेका कैनीका अस्पताल व्यवस्थापन बारेमा दुई पुस्तक र एक कविता संग्रह समेत प्रकाशित छन् ।
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक
नेपाली कांग्रेसको महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा तमु धीं, तमु समाज, बीसीसी यूकेलगायत संस्था ल्होछार मनाउँदै, कहिले, के छन् कार्यक्रम ?
हङकङमा विशाल आवासीय कम्प्लेक्समा भीषण आगलागी, ४४ जनाको मृत्यु
सुन तस्करी प्रकरण : पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श