लण्डन । भुकम्प पीडित नेपालीहरुलाई अमेरिकाले १८ महिनाका लागि अस्थायी बसोबासको सुविधा दिने भएको छ ।
होमल्याण्ड सेक्युरिटी सेक्रेटरी जे जोन्सनले बुधबार यस सम्बन्धी प्रेस विज्ञप्ति जारी गरी नेपालमा अप्रिल २५ आएको विनाशकारी भुकम्प र त्यसपछि आएका पराकम्पहरुलाई ध्यानमा राखी सो सुविधा दिने निर्णय गरिएको बताएका छन् ।
नयाा निर्णय अनुसार अमेरिकामा रहेका भुकम्प पीडित नेपालीहरुले अस्थायी बसोबासका लागि युएस सिटिजनसिप एण्ड इमिग्रेसन सर्भिसेजमा निवेदन दिन सक्ने बताइएको छ । यससम्बन्धी विस्तृत जानकारी बुधबार प्रकाशित फेडरल रजिस्टर सर्भिसमा रहेको जनाइएको छ ।
बुधबारबाट शुरु भएको सो सुविधा २४ डिसेम्बर २०१६ सम्म बहाल रहने बताइएको छ । नयाा व्यवस्था अनुसार अमेरिकामा रहेका भुकम्प प्रभावित, कागजात भएका र कागजातविहीन नेपालीहरुलाई यसअवधिमा अमेरिकाबाट निकाला गरिने छैन । बरु उनीहरुलाई रोजगारीको लागि आवश्यक कागजात सरकारी कार्यालयबाट दिइने छ ।
सो सुविधा अन्तर्गत सूचीकृत हुनका लागि आगामी डिसेम्बर २१ सम्मको म्याद दिइएको छ ।
सो व्यवस्थामा सूचीकृत हुन चाहने नेपालीहरुले सबै मापदण्ड पुगेको कागजातका साथमा २४ जुन २०१५ सम्म अमेरिकामा निरन्तर बसेको प्रमाणित गर्नुपर्नेछ । यसरी आवेदन दिनेहरुको सुरक्षा जाँच गरिने छ । यदि उनीहरु आपराधिक क्रियाकलापमा संलग्न भएको भेटिएमा र अमेरिकाका लागि सुरक्षामा खतरा रहेको ठानिएमा उनीहरुले यस सुविधा पाउने छैनन् ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
इरान र अमेरिकाबीच ४५ दिने युद्ध विराम प्रस्ताव
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
नेपालमा हवाई इन्धनको मूल्य बढ्यो, अमेरिकामा पेट्रोलको मूल्य सन् २०२२ यताकै उच्च