
तस्बिर : नेपाली लिंक
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको ११औं अधिवेशनले अध्यक्षमा सुरज पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
अल्डरसटको एम्पायर ब्यांकेटिङमा शनिबार २६ अप्रिलमा सम्पन्न संस्थाको पौडेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षहरुमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी तथा महासचिवमा बाबुराम भुसाल र उपमहासचिव निर्मला गुरुङ चुनिनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य चयन हुनुभएको छ ।
सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा, जुना दर्लामी, चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान, पम्फा थापा र सोनिया गुरुङ निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराउनुभयो । यसअघि निवर्तमान समितिकी अध्यक्ष अप्सरा गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संस्थापक अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजीले संस्था जन्माउँदा सानो स्केलबाट शुरु भएको र आफ्नो जिल्लावासीलाई कसरी एकै ठाउँमा ल्याउने भन्ने सोचले संस्था जन्मिएको बताउनुभयो ।
जनवरीमा बेलायतबाट नेपाल गए ३ हजार ९७३ पर्यटक
बेलायतमा ६/५ गोर्खा राईफल्सले ७८औं स्थापना दिवस मनायो
पदम गुरुङले पाए ननिटन काउन्सिलबाट ‘फ्रिम्यान अफ द बरो’ को सम्मान
युएईले दियो २ सय ६७ नेपालीलाई आममाफी
बेलायतको नेपाली दुताबासमा विद्यार्थीका समस्याबारे सम्मेलन
एनआरएनए प्रतिनिधिमण्डलद्वारा परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेट
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द
स्याङ्जा समाज यूकेको अध्यक्षमा रुपा गुरुङ सर्वसम्मत चयन
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन