
तस्बिर : नेपाली लिंक
लन्डन । पर्वत वेलफेयर सोसाइटी यूकेको ११औं अधिवेशनले अध्यक्षमा सुरज पौडेललाई सर्वसम्मत चयन गरेको छ ।
अल्डरसटको एम्पायर ब्यांकेटिङमा शनिबार २६ अप्रिलमा सम्पन्न संस्थाको पौडेलको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षहरुमा सन्जयध्वज भण्डारी, भिमलाल भट्टराई, कुलराज गुरुङ, सुप्रिया गुरुङ र नारायण गिरी तथा महासचिवमा बाबुराम भुसाल र उपमहासचिव निर्मला गुरुङ चुनिनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै कोषाध्यक्षमा विकास सापकोटा र सहकोषाध्यक्षमा अस्मिता शर्मा आचार्य चयन हुनुभएको छ ।
सदस्यहरुमा बलबहादुर थापा, पार्वती थापा, रक गुरुङ, जमुना थापा, जुना दर्लामी, चन्दन गुरुङ, रामचन्द्र तिवारी, स्वस्तानी गुरुङ, विष्णु गुरुङ, सुनिल गुरुङ, धनबहादुर हितान, पम्फा थापा र सोनिया गुरुङ निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिका संयोजक मेजर रिटायर्ड कृष्ण गुरुङले नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गर्दै शपथ ग्रहण गराउनुभयो । यसअघि निवर्तमान समितिकी अध्यक्ष अप्सरा गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशन उद्घाटन सत्रमा प्रमुख अतिथि संस्थापक अध्यक्ष एवं एनआरएनए यूके अध्यक्ष हितकाजीले संस्था जन्माउँदा सानो स्केलबाट शुरु भएको र आफ्नो जिल्लावासीलाई कसरी एकै ठाउँमा ल्याउने भन्ने सोचले संस्था जन्मिएको बताउनुभयो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]