काठमाण्डौं । सरकारले गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेलाई प्रधानमन्त्रीको विशेष दूतमा नियुक्त गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले घलेलाई पुनर्निर्माणका लागि अन्तरराष्ट्रिय सहयोग जुटाउन विशेष दूत बनाएको हो ।
भूकम्पपछिको पुनर्निर्माणका लागि विदेशस्थित संघ संस्था र समुदायसँग घलेले संयोजनकारी भूमिका निर्वाह गर्ने जिम्मेवारी पाएका छन् ।
अन्तरराष्ट्रिय क्षेत्रबाट गैर आवासीय नेपालीहरुबाट सहायता जुटाउन भूमिका खेलिरहेका घलेलाई सरकारले सहायता अभिवृद्धिमा योगदान गर्न प्रधानमन्त्रीको विशेष दूतका रुपमा औपचारिक जिम्मेवारी दिएको अनलाइन खवरले जनाएको छ ।
यसअघि सरकारले नायिका मनिषा कोइराला एवं कलाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई सदभावना दूत घोषणा गरेको थियो ।
मार्सल ल प्रकरण : दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन दोषी ठहर
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड