
न्यूयोर्क । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा अमेरिका र क्यानडामा बस्ने नेपालीबीचमा सर्वाधिक राशीको फुटबल र भलिबल प्रतियोगिता आयोजना हुनेभएको छ । यही अगष्ट ३० देखि आगामी सेप्टेम्बर १५ सम्म अमेरिकाका दुई राज्यमा प्रतियोगिता आयोजना हुने आयोजकले जानकारी दिएको छ ।
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले यी प्रतियोगितामा भाग लिनका लागि खेलाडी र खेल समूह नेपाली मूलको तथा नेपाली भाषी हुनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताउनुभयो । फुटबल प्रतियोगिता अगष्ट ३० देखि सेप्टेम्बर २ सम्म अमेरिकाको ओहायो राज्यको एक्रोन र भलिबल प्रतियोगिता सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा आयोजना हुनेछ ।
अध्यक्ष अधिकारीले नेपाली समुदायका बीच आपसी सद्भाव अभिवृद्धि गर्ने, युवामा खेल तथा स्वच्छ प्रतिष्पर्धाको भावना विकास गर्ने, सामाजिक तथा खेल अनुशासनका माध्यमबाट आपसी भाइचाराको विकास गरी समुन्नत एवं स्वस्थ नेपाली समुदायको निर्माण गर्नुका साथै भावी पुस्तालाई खेलका माध्यमबाट समुदायको सेवामा अभिप्रेरित गर्ने उद्देश्य लिइएको बताउनुभयो ।
प्रतियोगितामा पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिष्पर्धा हुनेछ । पुरुष फुटबल युथका विजेताले १५ हजार अमेरिकी डलर, रनिङ गोल्डकप (१० तोला सुनको) र उपविजेताले १० हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । फाउण्डेसनका अनुसार पुरुष फुटबल सिनियर युथतर्फ (३० वर्षदेखि माथि)का विजेताले १० हजार अमेरिकी डलर, रनिङ गोल्ड कप र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । त्यसैगरी पुरुष फुटबल भेट्रान्सतर्फ (४० वर्षदेखि माथिका) विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले छ हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । महिलातर्फ विजेताले आठ हजार अमेरिकी डलर, रनिङ गोल्डकप र उपविजेताले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
यी तीनवटै वर्गका प्रतियोगिताका विजेताले १० तोला सुनसहितको रनिङ गोल्डकप पनि जित्नेछन् । रनिङ गोल्डकपको पूर्ण स्वामित्वका लागि तीनपटक लगातार खेल जित्नुपर्ने नियम छ । फाउण्डेशनको सहकार्यमा पिस जोन क्लबले १६ वर्षमुनिका खेलाडीका लागि पनि फुटबल आयोजना पनि सोही स्थान र मितिमा हुने जनाएको छ ।
फाउण्डेसनका अनुसार भलिबलतर्फ पुरुष विजेता टिमले १२ हजार अमेरिकी डलर र उपविजेताले आठ हजार डलर, महिलातर्फ विजेता टिमले आठ हजार र उपविजेताले पाँच हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेसनले विगत चार वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आएको छ ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग