काठमाडौँ ३० जुलाई २०२४ । भारतको केरल राज्यको वायनाडमा बाढीपहिरो जाँदा १ नेपाली बालकसहित कम्तीमा ५० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
मंगलबार बिहान वायनाड जिल्लाको मेप्पाडी क्षेत्रमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परीले ठूलो क्षति पुर्याएको हो । थोन्डरनाड क्षेत्रमा एक नेपाली परिवारका १ वर्षीय बालकको मृत्यु भएको छ । मनोरमाका अनुसार ७० जनाभन्दा बढीलाई अस्पताल लगिएको छ । त्यस्तै बाढी पहिरोका कारण ४ सयभन्दा बढी परिवार विस्थापित भएका छन् ।
बाढीपहिरोमा फसेका २५० भन्दा बढीलाई उद्धार गरिएको छ । केरलका मुख्यमन्त्री पिनराई विजयनले वायनाडमा उद्धारका लागि सबै लागिसकेको बताएका टाइम्स अफ इन्डिया र एनडीटीभीले जनाएका छन् ।
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह