
लन्डन । बुद्ध फाउण्डेशन यूकेले आगामी २ जुन तारिख आइतबार लन्डनमा गर्न लागेको २५६८ औं बुद्ध जयन्ती कार्यक्रमको तयारी सम्पन्न भएको छ ।
फाउण्डेशनले आइतबार वुलीचस्थित लिटल काठमाडौं रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
विगतमा सेन्ट्रल लन्डनको ट्राफलगर स्क्वायरमा हुंदै आएको बुद्ध जयन्ती कार्यक्रमको छैटौंँ संस्करण भने वुलीचको जनरल गोर्डन स्क्वायरमा गर्न लागिएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवं फाउण्डेशनकी उपाध्यक्ष प्रशुना कडेलले भगवान गौतम बुद्धको शान्ति सन्देश र नेपाल पर्यटन प्रवर्धन गर्ने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको प्रष्टयाउँदै दिउँसो २ देखि सांझ ७ बजेसम्म कार्यक्रम गरिने जानकारी दिनुभयो । कार्यक्रमको मुख्य आकर्षणमा हिमाल, तराई र पहाडसहित नेपाल झल्कने बहुभाषिक, बहुसांस्कृतिक प्रस्तुति तथा प्रदर्शनी रहने बताएको छ । यस्तै, नेपाली राष्ट्रिय कलाकारहरुले गीत पनि गाउनेछन् भने बालबालिकालाई बुद्ध दर्शन सम्बन्धी जानकारी दिन पुस्तक र नेपाल सम्बन्धी पोष्टर समेत प्रदर्शन गरिनेछ । कार्यक्रममा हस्तकलाका सामग्रीहरु पनि प्रदर्शन गरिनेछ ।
कार्यक्रमको थप आकषर्णमा बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति ह्दयरत्न बज्राचार्यले बनाएको बुद्धको जन्मदेखि मृत्युसम्मका विवरण समावेश क्यानभास हुनेछ भने साढे तीन फिटको बुद्ध मूर्ति नेपालबाट मगाइएको छ ।
कार्यक्रमलाई लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको समेत सहयोग रहेको बताइएको छ । नेपाली दूतावासले विदेशी कूटनीतिज्ञहरुलाई निमन्त्रणा पठाइसकेको र सबै नेपाली संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिसकिएको सयोजक कंडेलले बताइन् ।
पत्रकार सम्मेलनमा वोल्दै अध्यक्ष दिपक श्रेष्ठले कार्यक्रम खर्च लगभग ८ हजार पाउण्ड रहेको र प्रायोजकहरुबाट आर्थिक श्रोत जुटाइने जनाउदै कार्यक्रममा सबैलाई सहभागिता जनाएर सफल बनाइदिन आग्रह गरे ।
पत्रकार सम्मेलनमा भर्चुअल माध्यमवाट समेत पत्रकारहरुले सहभागिता जनाएका थिए । वरिष्ठ पत्रकार भगिरथ योगी, वाचस्पति रेग्मी तथा सल्लाहकार शिवजी श्रेष्ठ, गोविन्द खरेल लगायतले सल्लाह सुझावसहित कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।
वुद्ध फाउण्डेशनका उपाध्यक्ष अर्जुन कटुवालले संचालन गरेको पत्रकार सम्मेलनमा सल्लाहकार तथा रोयल वरो अफ ग्रीनवीचका उपमेयर जीत रानाभाट, सल्लाहकार राजकुमार त्रिपाठी, विनोद ज्ञवाली, फडिन्द्र भट्टराई,नेफीन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, इनास युकेका अध्यक्ष संजयभक्त कंडेल लगायत पत्रकारहरूको उपस्थिति रहेको थियो ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?