लन्डन । गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले अष्ट्रेलियाका ९९ औं धनी व्यक्ति बनेका छन् । गत वर्ष १ सय ५० औं स्थानमा रहेका घले यस वर्ष ९९ औं सूचीमा आइपुगेका हुन् ।
अष्ट्रेलियाबाट प्रकाशित हुने आर्थिक पत्रिका बिजनेस रिभ्यू विक्लीले शुक्रवार सार्वजनिक गरेको यस वर्षको सूचीमा उनी ५ सय २८ मिलियन डलरसहित ९९ औं धनी भएका हुन् । गत वर्ष ३ सय ३५ मिलियन सम्पत्ति भएका घले दम्पत्तिको सम्पत्ति एक वर्षमा १ सय ९३ मिलियन डलरले वृद्धि भएको छ । यसैगरि गत वर्ष १ सय ५१ औं धनी व्यक्तिको सूचीमा रहेकी उनकी श्रीमती जमुना गुरुङ समेत यस वर्ष एक सयौं धनी व्यक्तिको नम्बरमा परेकी छिन् ।
नयां सूचीमा परेसंगै घलेले यसबाट नेपालमा लगानी गर्न र थप काम गर्न प्रोत्साहन मिलेको प्रतिक्रिया दिएका छन् ।
सन १९९० मा विद्यार्थी भिषामा अष्ट्रेलिया गएका थिए घले । अहिले घलेको रियल स्टेट, मेलबर्न इन्सटिच्युट अफ टेक्नोलोजी लगायत व्यवसायिक क्षेत्रमा लगानी छ । उनको मेलबर्नस्थित उक्त इन्सटिच्युटमा मात्र करिव ३ हजार विद्यार्थी अध्ययनरत छन् ।
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने
स्कटल्याण्डविरुद्ध नेपालको जित
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
एनबीसी यूकेले २२ फेब्रुअरीमा घरेलु हिंसाविरुद्ध सचेतनामूलक वेबिनार आयोजना गर्ने, देवमान र लक्ष्मी प्रमुख वक्ता
युक्रेनलाई बेलायतको हवाई रक्षा सहयोग
भूतपूर्व गोर्खा सैनिकहरुका माग सम्बोधन गर्न छलफल जारी : बेलायतको रक्षा मन्त्रालय
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
युरोप र बेलायतबीचको सम्बन्ध सुधारका लागि नेताहरूको जोड