
काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् ।
साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार ११ अमेरिकी डलर र प्रशंसापत्रसहित सम्मान गरिएको साग स्वर्ण विजेता लामाले जानकारी दिनुभयो ।
च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौँको बालाजुमा विगत चार वर्षदेखि सञ्चालनमा छ । टेक्सासमा भएको युएसए ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन अमेरिका पुगेकी एरिकालाई न्युयोर्कमा सम्मान गरिएको हो ।
उनलाई तमु परिवारले दुई हजार ७५६, तमु सोसाइटीले ९५३, सुदुरपश्चिम समाजले ५५०, इन्टरनेसनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १९०, मामा भान्जा ग्रुपले एक हजार १०, रेड पाण्डाले दुई सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहयोगीबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिनुभयो ।
युएसए ओपनको १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा भने रजत पदक जितेकी थिइन् । गत असोजमा चीनमा भएको १९ औँ एसियाडमा एरिकाले नेपाललाई रजत पदक दिलाएकी थिइन । एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन् ।
सोही अवसरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्षसमेत रहेका आठौँ र नवौँ सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औँ सागका स्वर्ण पदक विजेता अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।
हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन् । विप्लभले पनि युएसए ओपनमा भाग लिएका थिए । एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए ।
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक