
इस्लामाबाद । निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बन्नुभएका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्कनुभएको छ ।
सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा, आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको पाकिस्तानमा शरिफका प्रमुख प्रतिद्वन्द्वी अत्यन्त लोकप्रिय नेता इमरान खान अहिले जेलमा हुनुहुन्छ ।
स्थानीय मिडियाका अनुसार विगत थुप्रै दिन दुबईमा बिताउनुभएका शरिफले पत्रकारहरूले भरिएको चार्टर्ड उडानमा स्थानीय समयअनुसार दिउँसो १०:३० बजे राजधानी इस्लामाबाद टेक्नुभयो ।
“हामी पूर्णरूपमा निर्वाचनको तयारीमा छौँ”, आफ्नो उडान भर्नुअघि उहाँले पत्रकारहरूसँग भन्नुभयो, “जुन समृद्धिमा हाम्रो मुलुक हुनुपर्थ्यो, वास्तवमै पछाडि परेको छ, हामी यस्तो अवस्थामा कसरी आयौँ ?, यो किन आयो ?”
विश्लेषकहरूका अनुसार शरिफको स्वदेश फिर्तीमा शक्तिशाली सेनाको मध्यस्थता हुनसक्छ । गत वर्ष पदच्युत भएपछि सेना र इमरान खानको पार्टीबीच सम्बन्ध बिग्रिएको थियो ।
शरिफले इस्लामाबादपछि अर्को ठूलो सहर लाहोरको भ्रमण गर्नुहुनेछ जहाँ हरियो र पहेँलो पार्टी पोस्टर र ब्यानर बोकेर समर्थकहरू उहाँको स्वागतका लागि जम्मा भइरहेका छन् ।
एक उच्च अधिकारीका अनुसार ग्रेटर इकबाल पार्कमा सम्भावित भीडलाई नियन्त्रण गर्न सात हजारभन्दा बढी प्रहरीलाई परिचालन गरिएको छ । उक्त पार्कमा शरिफले घर फिर्तीबारे सम्बोधन गर्ने कार्यक्रम छ ।
“म यहाँ मेरो नेताको स्वागतका लागि आएको छु, महँगी अत्यन्त बढेको छ र गरिब जनता निराश छन्”, १८ वर्षीय राजी उल्लाहले भन्नुभयो, “अल्लाहले उहाँलाई स्वदेश फर्कन र परिस्थितिलाई बदल्न अवसर दिनुभएको छ, उहाँले पहिला पनि यस्तो गरिसक्नुभएको छ ।”
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने