
मुम्बई । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
यद्यपि पेरिस–२०२४ मा रुसी खेलाडीहरूलाई तटस्थरूपमा प्रतिस्पर्धा गर्न अनुमति दिने वा नदिने भन्नेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन ।
“युक्रेनको राष्ट्रिय ओलम्पिक सङ्गठन (एनओसी) को अधिकारमा रहेका क्षेत्रीय खेल सङ्गठनहरू (डोनेट्स्क, खेर्सन, लुहान्स्क र जापोरिज्जिया) लाई सदस्यका रूपमा सन् २०२३ अक्टोबर ५ मा रुसी ओलम्पिक समिति (आरओसी) ले समावेश गर्न लिएको एक पक्षीय निर्णय ओलम्पिक चार्टरको उल्लङ्घन हो किनकी ओलम्मिक चार्टरअनुसार अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) द्वारा मान्यताप्राप्त युक्रेनको एनओसीको क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको छ”, आईओसीले एक विज्ञप्तिमा भनेको छ ।
आईओसीको उक्त निर्णयसँगै ओलम्पिक चार्टरले परिभाषित गरेअनुसार अब आरओसीलाई राष्ट्रिय ओलम्पिक समितिका रूपमा सञ्चालन गर्ने अधिकार हुने छैन । विज्ञप्तिमा अब आरओसीले ओलम्पिक अभियानबाट कुनै रकमसमेत प्राप्त गर्न सक्ने छैन ।
विज्ञप्तिमा आईओसीले भनेको छ, “पेरिस–२०२४ ओलम्पिक प्रतियोगिता र मिलानो कोर्टिना–२०२६ शीतकालीन ओलम्पिक प्रतियोगितामा रुसी राहदानीधारी व्यक्तिगत तटस्थ खेलाडीहरूको सहभागिताबारे उचित समयमा निर्णय गर्ने अधिकार समितिले सुरक्षित गर्दछ ।”
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार