
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले यही १४ असोजदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ ।
पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचारप्रसार गर्ने उद्देश्यले आयोजना गरिने यात्रा असोज २९ गते पश्चिम महाकाली पुगेर सकिनेछ । जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन उपमहासचिव डा विजय पौडेलको संयोजकत्वमा ‘समाजवाद जागरण यात्रा’ व्यवस्थापन समिति गठन गरिएको छ ।
समाजवाद जागरण यात्रामाथि प्रकाश पार्न असोज १३ गते काँकडिभिट्टामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काँकडभिट्टामा सडक नाटक मञ्चन गर्ने र ५ बजेदेखि ७ बजेसम्म स्थानीय पार्टी बैठक गरिनेछ ।
समाजवाद जागरण यात्राले असोज १५ गते बिहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट बिदा हुने कार्यक्रम तय गरिएको छ ।
यात्राका क्रममा मुलुकमा विकसित राष्ट्रिय राजनीतिका बारे जनतालाई जानकारी गराउने, समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा पार्टीले लिएका नीतिगत दृष्टिकोणमा अन्तक्र्रिया एवं समसामयिक, अन्तर्राष्ट्रिय परिस्थितिबारे देशका मुख्य सहरमा छलफल गरिनेछ ।
पार्टी महासचिव घनश्याम भुसालका अनुसार अभियानका क्रममा जनताबाट प्राप्त सुझावलाई समेटेर पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना निर्माण गरिने छ । राजनीतिक उपलब्धिको रक्षा गरेर मुलुकलाई अग्रगमनतर्फ लैजान तत्कालीन नेकपा (एमाले) सँग विद्रोह गर्नुको औचित्य पुष्टि भएको विषय, जनजीविका, सामाजिक रूपान्तरणका लागि पार्टीले गरेका गतिविधि अभियानका क्रममा जनतालाई बुझाइनेछ । विभिन्न ठाउँमा छलफल गर्दै पश्चिम महाकालीमा पुगेर असोज २९ गते अन्तिम कार्यक्रम गरिनेछ ।
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा