
लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासतासम्बन्धि अन्तरराष्ट्रिय पुरस्कारको विजेता घोषणा गरिएको छ ।
यस वर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय मानव अधिकार कानूनमा स्नातकोत्तर गरिरहेका योगी ब्रतजयालाई उनको वातावरण परिवर्तन सम्बन्धि नीति र कानूनले आदिवासी जनजातिहरुको हजारौं वर्षदेखिको भूमिमाथिको अधिकारमा परेको असरबारेको निबन्धका लागि प्रदान गरिएको हो ।
आधुनिक प्रकारका दासता उन्मूलन र मानवको मानव भएर बाँच्न पाउने अधिकारको संरक्षण सम्बन्धि विषयमा संसारको कुनै पनि राष्ट्रमा भएका मेधावी व्यक्तिले लेखेको सर्वोत्कृष्ट आलेखलाई प्रदान गरिने उक्त पुरस्कार प्रत्येक वर्ष प्रदान गरिने व्यवस्था छ ।
करिब दुई सय वर्ष पहिले संसारभरी दासप्रथा उन्मूलन गर्न नेतृत्व गरेका बेलायतका एक राष्ट्रिय व्यक्तित्व विलिएम विल्बर्फोर्सको नाममा उक्त विश्वविद्यालयमा स्थापना गरिएको विल्बर्फोर्स इन्सटिच्युटले उक्त पुरस्कार प्रदान गरेको हो ।
सो पुरस्कार कानून, राजनीति शास्त्र, समाजशास्त्र, मानविकी आदि विषयमा संसारको कुनैपनि विश्वविद्यालयबाट स्नातक गरेका तर ४० वर्ष ननाघेका व्यक्तिले मात्र सहभागिता जनाउन पाउने गरी स्थापना गरिएको हो ।
उक्त विश्वविद्यालयबाट सन् १९८८ मा विशिष्ट श्रेणीमा प्रथम भई कानूनमा स्नातकोत्तर गरेका प्रा सुवेदीलाई तीन वर्षअघि उक्त विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि जस्तो उच्च उपाधि प्रदान गरेको थियो।
अष्ट्रेलियाको जनसङ्ख्या दुई करोड ८० लाख पुग्यो
बेलायतमा ७ जुनमा हुने ‘गोर्खा वाक’को तयारी अन्तिम चरणमा
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण