
लण्डन । मिडल्याण्डस नेपलिज गल्फ सोसाइटीको आयोजनामा ननिटनमा पहिलो ननिटन गल्फ च्याम्पियनसीप सम्पन्न भएको छ ।
शनिबार ननिटनको ओकरिज गल्फ क्लबमा सम्पन्न सो प्रतियोगितामा ग्रसतर्फ प्रेम तामाङ विजेता बने भने नेटतर्फ लोकेश गुरुङ विजेता बने । तामाङले ५०० पाउण्ड नगद पुरस्कारसहित ट्रफी हात पारे भने गुरुङले ४०० पाउण्ड नगद पुरस्कार पाए ।
प्रतियोगितामा तीन डिभिजन विभाजन गरी हरेक डिभिजनका विजेतालाई १५० पाउण्ड र रनर अपलाई १०० पाउण्ड पुरस्कार दिइएको थियो । त्यस्तै लङ्गेष्ट ड्राइभ, नियरेष्ट टू द पिन र प्रोज आप्रोजमा पनि उत्कृष्टलाई ५०/५० पाउण्ड पुरस्कार दिइएको थियो ।
प्रतियोगिताको प्रायोजकहरुमा द गोरखा कर्नर, डिएमके ग्रोसरी, सारु इम्ब्रोइडरी, आरएलटी सप्लायर्स लिमिटेड, साहारा ट्याक्सी प्रायोजक रहेका थिए ।
प्रतियोगितामा करिब ६० खेलाडीले भाग लिएका थिए ।
कार्यक्रमको संयोजन मिडल्याण्डस् नेपलिज गल्फ सोसाइटीका सचिव भूपाल गुरुङ र उहाँको टीमले गरेको थियो ।

एनआरएनए–एसएसएफ सहकार्य : नयाँ एमओयु र सहकार्य विस्तार गर्ने
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता