
लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले वर्षेनी प्रदान गर्दै आएको एफएनजे युके वर्ष पत्रकारिता पुरस्कारका लागि सिफारिस समिति चयन गरिएको छ ।
जुलाई ९ तारिखमा अल्डरसटमा आयोजना हुने शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी कार्यक्रमको अवसरमा प्रदान गरिने यस वर्षको पुरस्कारका लागि शाखाले डा बच्चुकैलाश कैनीको संयोजकत्वमा तीन सदस्सीय सिफारिस समिति गठन गरेको छ ।
शाखाको शुक्रबार बसेको बैठकले डा कैनी संयोजक तथा नवीन पोखरेल र लक्ष्मी राई ‘लारा’ सदस्य रहेको पुरस्कार सिफारिश समिति गठन गरेको महासचिव नरेन्द्र बस्नेतले जानकारी दिए ।
समितिका संयोजक डा कैनीसँग बेलायतको राष्ट्रिय स्वास्थ सेवा (एनएचस) व्यवस्थापन, राजनीति, साहित्य र प्राध्यापनको अनुभव छ। डाटफोर्ड काउन्सिलका पूर्व काउन्सिलर उनले विगतमा लेबर पार्टीबाट बेलायतको संसदीय निर्वाचन लडेका थिए । उनी पत्रपत्रिकामा नियमित रुपमा लेखिरहने पनि गर्दछन भने उनका पुस्तकहरू पनि प्रकाशित छन् ।
त्यस्तै, समितिका सदस्य पोखरेल दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय छन् । कान्तिपुर दैनिकका बेलायत संवाददाता तथा बेलायतबाट सञ्चालित नेपालीलिंकका प्रधान सम्पादक उनी नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । उनले गत वर्ष एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए।
पुरस्कार सिफारिश समितिकी अर्की सदस्य लक्ष्मी राई (लारा) पेशाले साेसल वर्कर हुन् । युनिभर्सिटी कलेज लण्डन (युसीएल) बाट शिक्षा विषयमा स्नातकोत्तर गरेकी लारासित साहित्य र च्यारिटीमा लामो अनुभव छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायतकी पूर्व अध्यक्ष हुन् ।
महासचिव नरेन्द्र बस्नेतका अनुसार शाखाले पुरस्कारका लागि जुन मसान्तभित्र आवेदन तथा सिफारिशहरु संकलन गर्नेछ । संकलित आवेदनहरुमध्ये सिफारिश समितिको सिफारिशका आधारमा विजेता छनोट गरी पुरस्कार वितरण गरिनेछ।
५ सय दुई पाउण्ड नगदसहितको एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार यसअघि सन् २०२१ मा श्रीभद्र खनाल तथा सन् २०२२ मा नवीन पोखरेल र खेमराज रानाभाटले संयुक्त रुपमा प्राप्त गरेका थिए ।
बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई गहन र खोजी पत्रकारिता गर्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले वार्षिक रुपमा यो पुरस्कार प्रदान गर्दै आएको हो ।
आर्थर डाँडाखर्कबाट चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकन सुरु
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
नेपाल सरकारको नीति तथा कार्यक्रमले खोजेको समृद्धि
ध्यान शिविरहरु संचालन गर्न स्वामी आनन्द अर्हत लन्डनमा
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
एनआरएनए यूकेले मे २५ मा जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम गर्ने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति