
चुनाव आयो भने मात्र गाउ फर्की आउने
अरुबेला रातो-दिन शहर बजार धाउने
ठेक्का पट्टा कमिसनले परिवार पाल्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
गाउघरमा आउँदा पनि टाइसुटमै आउने
ससुराली जादा पनि हेलिकप्टेर चाहिने
गरिखाने जनताको कुरै नसुन्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
छोरी,चेली जस्तै सधैं क्रिम पाउडर घस्ने
नङ काट्न नसकेर ह्याण्डसम पार्लर पस्ने
माछा, मासु बिना त भान्सै नबस्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
चुनाव जिति गएपछि फर्की नआउने
जनताको पक्षमा माखो नमार्ने
सुरापान, सुन्दरीमै मस्ती सधैं मार्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
पार्टीभन्दा बाहिरकालाई वास्तै नगर्ने
सानो काम लगायो कि कमिसन माग्ने
आफ्नै कार्यकर्तालाई नि दास,दासी ठान्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
देशभक्ती र राष्ट्रवादको कुरा पनि गर्ने
राष्ट्रघाती सन्धी गर्न अघि पनि सर्ने
एमसिसीको कमिसनले राजनीति गर्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
मतदातालाई अपमानित गर्ने
भोट हुनुभन्दा पहिला भगवान भन्ने
भोट पाइसके पछि भेडाबाख्रा ठान्ने
यिनले भोट नहारेर कसले हो त हार्ने ?
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
एनआरएनए नेतृत्वद्वारा परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री