काठमाडौँ । दोस्रो जनआन्दोलनदेखि राष्ट्रिय राजनीतिमा पेचिलो बनेको मधेसमा डा सिके राउतको उदयको संकेत देखा परेको छ ।
उनी कुनै समयमा मधेस आन्दोलनका मसिहा उपेन्द्र यादवलाई करिब दोब्बर मतले पराजित गर्दै प्रतिनिधिसभामा निर्वाचित भएका छन् । जनमत पार्टीका उम्मेदवार राउले सप्तरी २ बाट ३५ हजार ४२ मत पाए भने यादवले १६ हजार ९७९ मत मात्र पाए । यादव यसअघि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधी गरका राउत करिब एक दशकअघि नेपाल फर्किएका थिए । शुरुमा मधेसलाई अलग देशको मान्यता दिइनुपर्ने माग राखेर आन्दोलन चर्काएका राउत पटकपटक प्रहरीको दमन, पक्राउ र जेलमा परेका थिए । उनको खुट्टासमेत भाँचिएको थियो ।
केही वर्षअघि सरकारसित सम्झौता गरेर अखण्ड नेपाल मान्न स्वीकार गरेका राउत आगामी दिनमा मधेसको मूलप्रवाह बन्न सक्ने संकेत देखा परेको छ । किनकी यादवका साथै मधेसका अर्का नेता महन्थ ठाकुर र राजेन्द्र महत्तोसमेत यसपटक चुनाव जित्न सास्ती खेपिरहेका छन् ।
राउतले मधेसका केही प्रदेश सदस्य पनि जितेका छन् ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल