
मोरङ । प्रदेश नं १ का वन, पर्यटन तथा भू–संरक्षणमन्त्री एवं मोरङ क्षेत्र नं ३ ‘१’का प्रदेशसभाका उम्मेदवार शेखरचन्द्र थापाको उपचारका क्रममा आज विराटनगरमा निधन भएको छ ।
उहाँको विराटनगरस्थित नोवेल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।
मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा ५८ वर्षीय थापाले गत असोज २३ गते निर्वाचनको मनोनयन दर्तापश्चात् स्वास्थ्यमा समस्या देखिएको थियो । थापाको स्वास्थ्यमा निमोनिया र पायल्ससमेत देखिएपछि उपचारका काठमाडौँको ह्याम्स अस्पताल लगिएको थियो ।
उहाँलाई स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि विराटनगर ल्याइएको थियो । उहाँको श्वासप्रश्वासमा समस्या भएपछि पुनः सोमबार उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिएको थियो ।
थापाका श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको पथरीशनिश्चरे–८ घाटमा आज दाहसंस्कार गर्ने पार्टी सचिव घिमिरेले जानकारी दिनुभयो ।
यसैवीच मोरङ क्षेत्र नं ३ ‘क’को निर्वाचन कार्यक्रम स्थगित नहुने प्रदेश नं १ निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
कांग्रेस मोरङले मोरङ क्षेत्र नं ३ निर्वाचन अधिकृतको कार्यालयलाई निधनका विषयमा जानकारी गराएपछि आयोगले अरू गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन प्रक्रिया अघि बढाउने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
नेपाल सरकार मन्त्रिपरिषद्को पहिलो बैठक : जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय
विदेशी ऋणबाट होइन जनताको विश्वासबाट हुन्छ विकास
बेलायतद्वारा अमेरिकालाई सैन्य सहयोग
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
वैदेशिक रोजगारी कल्याणकारी कोषलाई १० करोड पुर्याउने एनआरएनएको लक्ष्य निर्धारण [यस्ता छन् २५ निर्णय]
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल