
किभ । रुसले कब्जा गरेका २० बस्ती फिर्ता गरिएको युक्रेनले दावी गरेको छ ।
रुसले कब्जा गरेका बस्तीहरू फिर्ता गर्ने आक्रामक रणनीति अन्तर्गत ती २० बस्ती फिर्ता गरिएको उनीहरूले बताएका छन् ।
“पछिल्लो २४ घण्टामा हाम्रा सुरक्षाकर्मीहरूले हाम्रा सत्रुद्धारा कब्जा गरिएका २० बस्तीहरू फिर्ता गराएका छन्, उनीहरू अहिले हाम्रो पूर्ण नियन्त्रणमा रहेका छन्,” युक्रेनी सेनाका एक अधिकारीले भने ।
युक्रेनका सेनाले ती बस्तीहरू फिर्ता गराएपछि त्यहाँ रहेका रुसी सुरक्षाकर्मीहरू विस्थापित भएका छन् ।
देशको दक्षिणी र पूर्वी क्षेत्रमा पछिल्लो हप्ता युक्रेनले रुसी सुरक्षाकर्मी विरुद्ध सफलता हासिल गरिरहेको युक्रेनी सेनाको दावी छ ।
उनीहरूले इज्युम, कुपियन्स्क, बालाक्लीया लगायतका ठाउँहरू यसअघि नै फिर्ता गराइसकिएको युक्रेनको भनाई छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जोलेनेस्कीले पनि दैनिक सम्बोधनका क्रममा आइतबार खार्किभ र डोनेत्स्क क्षेत्र पूरै, जापोरिझझिया, डिनिप्रोपेट्रोभ्स्क र सुमीको केही क्षेत्र फिर्ता लिइएको बताउनु भएको छ ।
फिर्ता गराइएका अधिकांश ठाउँमा अहिले विद्युत सेवा पनि सूचारु भइसकेको समेत उहाँले जानकारी दिनु भएको छ ।
युक्रेनले रुसद्धारा कब्जा गरिएका धेरै ठाउँ फिर्ता गराउने अभियानलाई तिव्रता दिइएको र सफलता पनि प्राप्त भइरहेको जनाएको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक