
नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढाएका थिए । उक्त घटनाले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो ।
अनुसन्धान अधिकारी अभिलाष तिवारीले एएफपीसँग बताएअनुसार ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकालेर जिब्रो काटेर मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरेका थिए ।
तिवारीले भने, “मन्दिरमा तैनाथ हाम्रा अधिकारीहरूले उनलाई अन्य भक्तजनहरूको सहयोगमा अस्पताल पुर्याएका थिए ।
पत्नीले प्रहरीलाई बताएअनुसार उनका पतिले देवीलाई रिझाउन आफ्नो जिब्रो ‘बलि’ दिएका थिए तर यसको कारणबारे थप बताउन सकिनन् ।
आत्म–अङ्गभङ्ग र मानव बलिदान पनि भारतीयमा समस्याको रूपमा रहेको छ । भारतीयहरू कहिलेकाहीं देवताहरूलाई खुसी पार्न विचित्र कार्यहरू गर्दछ ।
गत वर्ष भारतका दुई राज्यमा २० वर्ष काटेका दुई पुरुषले जिब्रो काटेर देवतालाई चढाएका थिए । सन् २०२० मा एक हिन्दू पुजारीले एक स्थानीय किसानको टाउको काटेर बलिको रूपमा टाउको चढाएका थिए ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण