
नयाँदिल्ली । भारतको नयाँ दिल्लीस्थित एक हिन्दू मन्दिरमा बलि चढाउनका लागि जिब्रो काटेपछि एक भारतीय किसानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
भारतको उत्तरी राज्य उत्तर प्रदेशको प्रसिद्ध मन्दिरमा शनिबार ४० वर्षीया उनले खल्तिबाट छुरी निकाली जिब्रो काटेर एक्कासी देवीलाई चढाएका थिए । उक्त घटनाले दर्शनार्थीको भीडलाई आतङ्कित पारेको थियो ।
अनुसन्धान अधिकारी अभिलाष तिवारीले एएफपीसँग बताएअनुसार ती व्यक्ति र उनकी श्रीमतीले चक्कु निकालेर जिब्रो काटेर मन्दिरको ढोकामा राख्नुअघि पूजा अर्चना गरेका थिए ।
तिवारीले भने, “मन्दिरमा तैनाथ हाम्रा अधिकारीहरूले उनलाई अन्य भक्तजनहरूको सहयोगमा अस्पताल पुर्याएका थिए ।
पत्नीले प्रहरीलाई बताएअनुसार उनका पतिले देवीलाई रिझाउन आफ्नो जिब्रो ‘बलि’ दिएका थिए तर यसको कारणबारे थप बताउन सकिनन् ।
आत्म–अङ्गभङ्ग र मानव बलिदान पनि भारतीयमा समस्याको रूपमा रहेको छ । भारतीयहरू कहिलेकाहीं देवताहरूलाई खुसी पार्न विचित्र कार्यहरू गर्दछ ।
गत वर्ष भारतका दुई राज्यमा २० वर्ष काटेका दुई पुरुषले जिब्रो काटेर देवतालाई चढाएका थिए । सन् २०२० मा एक हिन्दू पुजारीले एक स्थानीय किसानको टाउको काटेर बलिको रूपमा टाउको चढाएका थिए ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक