वासिङ्टन । संयुक्त राज्य अमेरिकाले शुक्रबार ताइवानलाई हारपुन र साइडविन्डर क्षेप्यास्त्रहरूसहित लगभग १.१ अर्ब बराबरको सैन्य उपकरण बिक्री गर्ने घोषणा गरेको छ।
डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सीले वाशिङ्गटनले ताइवानलाई सैन्य उपकरण बेच्न स्वीकृति दिएको पुष्टि गरेको छ। अमेरिकी विदेश मन्त्रालयले ताइवानको सुरक्षा क्षमताको आधुनिकीकरण गर्न र अमेरिकी सुरक्षा हित प्रबर्धन गर्न ताइवानलाई हारपुन ब्लक मिसाइल र अन्य सैन्य उपकरणको बिक्री स्वीकृत गरेको बताएको छ।
मन्त्रालयका अनुसार प्रस्तावित हातहतियारले यस क्षेत्रमा आधारभूत सैन्य सन्तुलनलाई परिवर्तन नगर्ने पनि अमेरिकाले दाबी गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणलाई लिएर वाशिङ्गटन र बेइजिङबीच बढ्दो तनावका बीच सैन्य सामग्रीको प्रस्तावित बिक्री सार्वजनिक भएको छ ।
हार्पुनहरू बोइङले तटीय-जल क्षमताका साथ उत्पादन गरेको एन्टी-शिप होमिङ मिसाइलहरू हुन्। यस अघि संयुक्त राज्य अमेरिकामा ताइपेई आर्थिक र सांस्कृतिक प्रतिनिधि कार्यालय (टेक्रो)ले ६० वटा मिसाइल र सम्बन्धित उपकरणहरू किन्न अनुरोध गरेको थियो।
साइडवाइन्डरहरू हावाबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू हुन् जुन रेथियनले प्रक्षेपणपछि लक्ष्यहरूमा लक गर्न सक्ने क्षमताको साथ विकसित गरेको दाबी गरिएको छ। टेक्रोले १०० वटा मिसाइल र अन्य उपकरण खरिद गर्न अनुरोध गरेको थियो।
वाशिङ्गटनमा चिनियाँ दूतावासले यस हप्ताको शुरुमा प्रस्तावित हतियार बिक्री बारे प्रतिक्रिया दिंदै बाइडेन प्रशासनलाई हतियार बिक्री बन्द गर्न आह्वान गरेको थियो।
हतियार बिक्रीले ताइवान स्ट्रेटमा तनाव निम्त्याउन सक्ने भन्दै चीनले सो आग्रह गरेको थियो।
ताइवानी सेनाले बिहीबार एक अज्ञात नागरिक ड्रोनलाई गोली हानेको जनाएको छ । सो ड्रोन चिनियाँ तटबाट शियु टापुको प्रतिबन्धित जलक्षेत्रको आकाशमा प्रवेश गरेको थियो।
ताइवानको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेनाको जिनमेन रक्षा कमाण्डले आज दिउँसो १२:३० बजेतिर शियु टापुको प्रतिबन्धित पानीको हवाइ क्षेत्रमा एक अज्ञात नागरिक हवाई क्यामेरा प्रवेश गरेको फेला पारेको बताएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘रक्षा क्षेत्रको सुरक्षा कायम गर्न रक्षा मन्त्रालयले खोजी, अनुगमन र निगरानीलाई निरन्तरता दिनेछ ।’
यस्तै मङ्गलबार पनि ताइवानी सेनाले चिनियाँ सैन्य ड्रोनलाई ताइवान नियन्त्रित टापुमा “प्रतिबन्धित” वायुक्षेत्रमा प्रवेश गरेपछि गोली हानेको थियो।
अगस्टको मध्यदेखि ताइवानमा जारी राजनीतिक र सुरक्षा तनावका बीच यस वरपर यस्ता थुप्रै ड्रोनहरू उड्ने गरेको पाइएको छ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
विचार : सहजताको मूल्य र गोपनीयता
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण