
कीभ । रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् ।
भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।”
युक्रेनी अधिकारीहरूले करिब छ महिनाको युद्धमा भएको सैन्य क्षतिबारे विरलै मात्र विवरण दिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा करिब तीन हजार युक्रेनी सैनिकको मृत्यु भएको र १० हजार घाइते भएको बताउनुभएको थियो ।
रूसी राष्ट्रपति भ्लादिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेनालाई निर्देशन दिएपछि दुवैतर्फ हजारौँको संख्यामा सैनिक मारिएका अपुष्ट समाचारहरू आएपनि दुवैतर्फबाट सार्वजनिक मारिएका वा घाइते भएका भनी सार्वजनिक सूचीभन्दा ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधारणको हताहत भएको हुनसक्ने विश्लेषकहरूले बताउने गरेका छन् ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल