
कीभ । रूसको आक्रमण सुरु भएयता युक्रेनका करिब नौ हजार सैनिक मारिएको युक्रेनका प्रमुख सैनिक कमाण्डरले जानकारी दिएका छन् ।
भ्यालेरी जालुज्नीले सोमबार कीभमा आयोजित सार्वजनिक समारोहमा भन्नुभयो, “युक्रेनका बच्चाहरूलाई विशेष ध्यान दिन आवश्यक छ किनकि उनीहरूका बाबुहरू मोर्चामा गएका छन् र सम्भवतः उनीहरू मारिएका लगभग नौ हजार नायकहरूमध्ये एक हुन पनि सक्छन् ।”
युक्रेनी अधिकारीहरूले करिब छ महिनाको युद्धमा भएको सैन्य क्षतिबारे विरलै मात्र विवरण दिएका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत अप्रिलमा करिब तीन हजार युक्रेनी सैनिकको मृत्यु भएको र १० हजार घाइते भएको बताउनुभएको थियो ।
रूसी राष्ट्रपति भ्लादिर पुटिनले फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गर्न आफ्नो सेनालाई निर्देशन दिएपछि दुवैतर्फ हजारौँको संख्यामा सैनिक मारिएका अपुष्ट समाचारहरू आएपनि दुवैतर्फबाट सार्वजनिक मारिएका वा घाइते भएका भनी सार्वजनिक सूचीभन्दा ठूलो सङ्ख्यामा सैनिक तथा सर्वसाधारणको हताहत भएको हुनसक्ने विश्लेषकहरूले बताउने गरेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक