
काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठानले यही भदौ १० देखि १२ गतेसम्म नेपालको अन्तर्राष्ट्रिय सम्बन्धबारे अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।
तीन दिनसम्म हुने ‘अन्तर्राष्ट्रिय सम्बन्धःनेपाल र विश्व व्यवस्था’ विषयक सम्मेलनमा अन्तर्राष्ट्रिय सम्बन्धमा स्थापित शैक्षिक संस्था तथा विश्वविद्यालयबाट विद्यावारिधि गरी विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा महत्वपूर्ण भूमिकामा रहेका नेपाल र भारतका ४० वर्षभन्दा कम उमेरका एकसय जना विज्ञ युवाको सहभागिता रहनेछ ।
सम्मेलनमा विज्ञले आफ्ना कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा नवीनतम् विचार युवापुस्ताको मस्तिष्कबाट आओस् भन्ने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । नयाँ पुस्ताले यस विषयमा प्रस्तुत गर्ने विचार नै भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्धका लागि पथप्रदर्शन बन्ने आयोजकको विश्वास छ ।
निर्देशक अधिकारीले नेपालले भविष्यमा कस्ता नीतिका आधारमा विश्वलाई हेर्ने भन्ने विषयमा यस कार्यक्रमले गहन विषयवस्तुको प्रकाशन गर्ने उल्लेख गर्नुभयो । सम्मेलनमा वातावरण, संस्कृति, विश्व राजनीति, सुरक्षा, शान्ति, स्थिरता, व्यापार, प्रविधिलगायतका विषयमा बेग्लाबेग्लै सत्रमा छलफल हुनेछ । नयाँ विश्व व्यवस्थामा नेपालको विदेश नीतिबारे कार्यक्रमले दिशानिर्देश गर्ने कार्यक्रमका संयोजक डा विनयकुमार मिश्रले जानकारी दिनुभयो ।
सम्मेलनबाट आएका अनुभवले भविष्यका लागि युवाले आफ्नो मार्गचित्र बनाउँदा सहयोग पुग्नेछ भन्नेमा आफूहरु विश्वस्त रहेको उहाँले बताउनुभयो । आजको युवा मस्तिष्कले के सोचेको छ र भविष्यमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा यस कार्यक्रमबाट समाजलाई थाहा दिइने आयोजकको भनाइ छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १० गते उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले भदौ १२ गते गर्ने तय भएको छ ।
प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा
तमु धीं को आयोजनामा आज बेलायतमा २४ औं गोर्खा कप, ५६ टिमबीच प्रतिस्पर्धा हुने
दोस्रो गण्डकी लोक तारा २०८३ मा स्याङ्जाकी बत्तीकुमारी थापा प्रथम
बेलायतीमन्त्री मल्होत्रा र लुम्बिनीका मुख्यमन्त्री आचार्यबीच भेटवार्ता
पूर्वब्रिटिस गोर्खाका चिन्ता र गुनासालाई यथाशीघ्र सम्बोधन गर्न बेलायती मन्त्रीसँग परराष्ट्रमन्त्री खनालको आग्रह
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
किरात सुनुवार सेवा समाज यूकेले मनायो उभौली पर्व
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा नवनिर्वाचित काउन्सिलर कमलबहादुर गुरुङलाई तमु समाज यूकेको सम्मान
नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]