
कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षले अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवेदन दिनु भएको छ । देशमा गत जुलाईमा भएको जनआन्दोलनका कारण पद र देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भर्नु भएको जनाइएको छ । उहाँले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिनु भएको समाचारमा उल्लेख गरिएको छ ।
श्रीलङ्काको तर्फबाट रुसका लागि पूर्व राजदूत उदयाङगा विरातुङ्गाले उहाँ अमेरिका जाने तयारीमा रहनु भएको जानकारी दिनुभयो । पूर्व राष्ट्रपति गोटावायसँग निकट मानिनुहुने विरातुङ्गाले थाइल्याण्ड फर्किने उहाँको योजना रद्ध भइसकेको पनि बताउनु भयो । पहिला उहाँले नोभेम्बरसम्म थाइल्याण्डमै बस्ने योजना बनाउनु भएको थियो ।
तर कानुन व्यवसायीहरुसँगको परामर्शपछि उहाँ यही महिनाको अन्त्यमा श्रीलङ्का फर्किने निर्णयमा पुग्नु भएको डेलि मिरर पत्रिकाले लेखेको छ । उच्च श्रोतहरुलाई उल्लेख गर्दै लेखिएको समाचारमा गत महिनादेखि नै उहाँले अमेरिका जाने प्रक्रिया सुरु गर्नु भएको उल्लेख गरिएको छ । उहाँकी श्रीमती आइओमा राजापाक्षले अमेरिकाको नागरिकता लिने तयारी गर्नु भएको छ ।
उहाँहरुको यस प्रक्रियामा कोलम्बो र अमेरिकामा रहेका कानुन व्यवसायी संलग्न भएर काम गरिरहेका छन भने कोलम्बोबाट पनि विभिन्न कागजपत्रहरु प्रयोग गरिएका छन् ।
मुलुकमा आर्थिक सङ्कट उत्पन्न हुनुको पछाडि मुख्य जिम्मेवार राष्ट्रपति गोटावाय नै रहेको भन्दै आम नागरिक आन्दोलनमा उत्रिएर उहाँको निवास घेर्न थालेपछि उहाँले देश छोडेर भाग्नु परेको हो । उहाँ सुरुमा म्यानमार जानुभयो । त्यसपछि थाइल्याण्ड हुदै सिङ्गापुर पुग्नु भयो ।
उहाँले देश छोडेपछि श्रीलङ्कामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरु पनि परिवर्तन भएका छन् । नयाँ जिम्मेवारी पाएका नेताहरुले सङ्कट समाधानको प्रयास गरिरहेका छन् ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक