
लण्डन । ए-स्टार नेपलिज बास्केटबल लिगको उपाधिका लागि बलर्स स्लामर्स र स्यान्डहर्स्ट निक्सका अन्तिम खेल हुनेभएको छ ।
हालसम्मको १४ खेलमा बलर्स स्लामर्स १२ खेलमा जित तथा दुई खेलमा हारसहित २६ अंक पाएर शीर्ष स्थानमा छ भने स्यान्डहर्स्ट निक्स १४ खेलमा ११ वटामा जीत ३ वटामा हार झेल्दै २५ अंक पाएको छ ।
अब अन्तिम खेल २७ अगष्टका दिन स्लामर्स र निक्सका बीच ब्रुनेल युनिभर्सिटी स्पोर्टस सेन्टर अक्सब्रिज लण्डनमा हुनेछ । बिहान १०:३० देखि साँझ ५:३० सम्म हुने खेलमा विजेताले ट्रफी तथा प्रमाण पत्र पाउने छन् ।
यस्तै, लिगको तेस्रो स्थानका लागि डिबीएस र वाटरमेलन स्नाचर्सका बीच खेल हुनेछ । यस्तै, सोही दिन महिलातर्फ ‘म खेल्छु’ टीमबाट दुई समूहले बास्केटबल खेल्नेछन् ।
प्रतियोगिताको अन्तिम दिनमा उपस्थितहरुका बीच अन्तरक्रियात्मक र मनोरन्जनात्मक खेलहरु, संगीत र नाचहरु पनि प्रस्तुत हुने छन् । विजयी र उपविजयी टीमका खेलाडीहरुलाई नेपाली दुताबास लण्डनका उपनियोग प्रमुख श्रीमती रोशन खनालले प्रमाणपत्र तथा ट्रफी प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा हिलिङडन काउन्सिलका डेपुटी मेयर सेहर्यर अहमद वालाना, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, हाउन्स्लो काउन्सिलका काउन्सिलर विष्णु गुरुङ लगायतका समुदायका अगुवाहरुको उपस्थिति रहनेछ ।
बेलायतमा नेपाली समुदायका युवाहरुमाझ फुटबल, क्रिकेट, भलिबलका विभिन्न प्रतियोगिताहरु बयस्कहरुबीच ब्याडमिन्टन, गल्फका खेलहरु हुने गरे पनि बास्केट बलको प्रतियोगिता भने भएका थिएनन् ।
नेपाल बास्केटबल युकेले आयोजना गरेको पहिलो सिजनको यस लिगको प्रायोजन ए स्टार फाइनान्सियल सोल्युसन्स युकेले गरेको छ भने मुस्ताङ मोटर्सको सहयोग रहेको छ । पहिलो सिजनमा ८ टीमले सहभागिता जनाएका छन् ।

भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल