
लण्डन । ग्रीनवीच भलिबल परिवारले आयोजना गर्दै आएको ग्रीनवीच कप भलिबल प्रतियोगिता अगष्ट २७ मा हुने भएको छ ।
भेटेरान र खुला गरी दुई विधामा खेलाइने सो भलिबल प्रतियोगितामा भाग लिन चाहनेहरुले अगष्ट २६ भित्रमा दर्ता गरिसक्नु पर्ने आयोजकले जानकारी दिएका छन् । दर्ता शुल्क खुलातर्फ १७५ पाउण्ड र भेटेरानतर्फ १४० पाउण्ड तोकिएको छ ।
खेल २७ अगष्ट बिहान ९ बजेदेखि रोयल आर्टिलरी ब्यारेक, रेस्पोजिटोरी रोड, उलवीचमा हुने बताइएको छ ।
प्रतियोगितामा खुला विधाका विजेता टीमलाई १५०० पाउण्ड नगद र उपविजेता टीमलाई १ हजार पाउण्ड नगद पुरस्कार राखिएको छ भने भेटेरानतर्फ विजेता टोलीले ९०० पाउण्ड नगद र उपविजेता टोलीले ५०० पाउण्ड नगद पुरस्कार पाउनेछन् ।
यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्पाइकर र म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने परिवारका अध्यक्ष रविन्द्र रोकामगरले बताए ।
परिवारले बेलायतमा अन्य भलिबल प्रतियोगिताहरुमा पनि सहभागी हुँदै पुरस्कार जित्दै आएको छ भने केही वर्षदेखि आफैँ प्रतियोगिता पनि आयोजना गर्दै आएको छ ।
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त