
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताउनु भएको छ।
उहाँले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पार्नुभएको छ।
युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा स्पष्ट पार्नु भएको हो ।
“हाम्रो अडान एकदमै स्पष्ट छ। हामी महासभाको प्रस्ताव, एक चीन नीतिको पालना गर्छौं र हामीले गर्ने सबै कुरामा यही वकालत हुन्छ,” गुटेरेसले भन्नुभयो।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा प्रस्ताव २७५८ पारित गरेको थियो जसले संयुक्त राष्ट्रसंघमा जनवादी गणतन्त्र चीनको वैध अधिकार पुनर्स्थापित गर्दै चीन सरकारका प्रतिनिधिहरूलाई संयुक्त राष्ट्रसंघमा चीनको एक मात्र वैध प्रतिनिधिको रूपमा मान्यता दिने निर्णय गरेको थियो।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल