
न्यूयोर्क । मगर संघ अमेरिका केन्द्रीय समितिको आठौं वार्षिक साधारणसभा यही शनिवार अगस्ट ६ २०२२ को दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ ।
मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पूर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी दिनु भयो ।
मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा सभा हुन लागेको हो ।
प्राय न्यूयोर्क, न्यूजर्शी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिवेशन र साधारणसभा गर्दै आएको भएता पनि इतिहासमा पहिलो पटक टेक्सास राज्यमा पाइला टेकेर अमेरिकाभर मगर संघ अमेरिका फैलिएको र अमेरिकाभर छारिएर रहेका मगरहरुको एकताको सन्देश दिन खोजिएको उहाँले बताउनु भयो ।
साधारणसभाका लागि ‘अमेरिकाको मूलप्रवाहमा मगरहरुको उपस्थिति र सहभागिता (उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता’ भन्ने मूल नारा तय भएको छ ।
विगत एक दशकदेखि मगर समुदाय माझ चर्चाको विषय बनेको मगर आपतकालिन कोषलाई मूर्तरुप दिएर साधारणसभामा शुभारम्भ गरिने भएको छ । यसबाट भविष्यमा आउने विभिन्न आपत विपत्तिको बेला मगर समुदाय लाभान्वित हुनेछन् । यसैगरी, मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन, संस्थाप्रति विद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलो पटक तीन तहका उत्कृष्ट मगर विद्यार्थीहरुलाई मगर विद्यार्थी छात्रवृत्ति प्रदान गर्न लागिएको त्यसलाई हरेक वर्ष वितरण गरिने बताइएको छ ।
नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र सिटी अफ युलेस टेक्सास राज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष अतिथिमा कार्यक्रमको समुदघाटन हुने जानकारी दिइएको छ ।
‘म मगर र मेरो मगर संघ’ भनी संस्थाप्रति सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई टेक्सासको सुन्दर शहरमा डलासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्वको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताउनु भयो ।
समुदघाटन समारोह, बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दीप सागर बुढा मगरले सार्वजनिक गर्नुभएको छ ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै