
वाशिङ्गटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२६ मा समाप्त हुने रुससँगको सन्धिलाई प्रतिस्थापन गर्न नयाँ हतियार नियन्त्रण ढाँचाबारे तुरुन्तै वार्ता गर्न तयार रहेको बताउँनु भएको छ।
“आज मेरो प्रशासन नयाँ हतियार नियन्त्रण ढाँचामा द्रुत रूपमा वार्ता गर्न तयार छ। तर वार्ताका लागि असल नियतका साथ काम गर्ने इच्छुक साझेदार चाहिन्छ,” बाइडेनले सन्धिको समीक्षा सम्मेलन अघि विज्ञप्तिमार्फत भनेका छन्।
”रुसले अमेरिकासँग आणविक हतियार नियन्त्रणमा काम पुनः शुरु गर्न तयार रहेको देखाउनुपर्छ”, उहाँले भन्नुभयो। उहाँले चीनले पनि त्यस्तै गर्नुपर्ने धारणा राख्नु भएको छ।
“चीनसँग एनपीटी आणविक हतियार राष्ट्र र पी-५ को एक सदस्यको रूपमा वार्तामा संलग्न हुने जिम्मेवारी पनि छ जसले जोखिमलाई कम गर्नेछ र सैन्य गतिविधिको अस्थिरतालाई सम्बोधन गर्नेछ। हतियारको वृद्धि कुनै पनि राष्ट्र वा विश्वको लागि फाइदा छैन,” राष्ट्रपति बाइडेनले भन्नुभयो।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै