
काठमाडौँ आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ ।
स्कटल्याण्डको टिटवुड ग्लासगोमा आज भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।
स्कटल्याण्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए । २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन । त्यस्तै काइल कोट्जरले ४४ रन जोडे । ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन ।
नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए ।
ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट झारे ।
त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पा¥यो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो ।
भारतको राजधानी नयाँदिल्लीमा होटलमा आगलागी : २१ को मृत्यु, दर्जनौँ घाइते
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
भारतका प्रधानमन्त्री मोदी र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
लुम्बिनी सरकारः एमालेका मन्त्रीले दिए राजीनामा
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
क्यान्सरपीडित पन्जासिङ घलेलाई पञ्चासे हर्पनडाँडा समाज यूकेबाट ८ लाख ६० हजार सहयोग हस्तान्तरण
पोखरामा साहित्यकार सुमलकुमार गुरूङको युद्ध उपन्यास ‘कर्मवीर’ लोकार्पण
एनआरएनए कानुनको मस्यौदामाथि छलफल हुन्छ : परराष्ट्रमन्त्री खनाल
डायस्पोरिक कथासहित जानु काम्बाङको ‘खाम्योक’ उपन्यास आउँदै