
नयाँदिल्ली । पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी)मा चीन र भारतबीच समाधान गर्न बाँकी मुद्दालाई शीघ्र अघि बढाउनुपर्नेमा भारतले जोड दिएको छ ।
इण्डोनेशियाको बालीमा आजदेखि शुरू भएको जी–२० का विदेशमन्त्रीको बैठकमा भाग लिने क्रममा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग आज भएको भेटमा भारतका विदेशमन्त्री एस जयशङ्करले कारोना महामारीका कारण घर फर्किएका आफ्नो देशका विद्यार्थीलाई चीन फर्काउन तथा एलएसीसम्बन्धी बाँकी मुद्दा चाँडो समाधान गर्न आह्वान गरेका हुन् ।
भारतका विदेशमन्त्रीले भारतीय विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया शीघ्र अघि बढाउन तथा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने दिशामा बाँकी रहेका कामलाई गति दिनुपर्नेमा जोड दिएका विदेश मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्झौता र प्रोटोकलको पूर्णपालनाका साथै आफूहरूबीच अघिल्लो भेटवार्तामा भएका समझदारीको पालना महत्वपूर्ण हुने बताए ।
दुवै मन्त्रीले चीन र भारतका सैनिक एवम् कूटनीतिक अधिकारीबीचको नियमित सम्पर्कलाई निरन्तरता दिनुपर्ने बताउँदै शीघ्र अर्को चरणको वरिष्ठ सैन्य अधिकारीको बैठकको प्रतीक्षामा आफूहरू रहेको जनाए । पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक हितमा आधारित द्विपक्षीय सम्बन्धले गति लिने भारतीय अभिमत विदेशमन्त्री जयशङ्करले दोहोर्याएका थिए ।
दुवै देशका मन्त्रीबीच क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा पनि विचार आदानप्रदान भएको थियो । दुई वर्षअघि गलवान उपत्यकामा भारत र चीनबीच भएको भीडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध सुमधुर बन्न सकेको छैन । यद्यपि द्विपक्षीय व्यापार निर्वाधरूपमा भइरहेको छ ।
सावित्राको उपचारका लागि खर्च जुट्यो, रकम सङ्कलन रोक्न आग्रह
अमेरिकामा नयाँ कर लागू
एनआरएनएको १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक
धादिङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो [अपडेट]
गोर्खा नेपाली कम्युनिटी डर्बीमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा नवराज ठकुरी
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
सहारा यूकेद्वारा तीन विद्यालयमा ९ लाख रुपैयाँको अक्षय कोष स्थापना
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ
नेपाली कांग्रेसको प्रतिज्ञापत्रमा गैरआवासीय नेपालीका मुद्दा
खेलाडीद्वयलाई सिभाली र रेखमायालाई जनही ५१ हजार राशिको ‘तमु प्रतिभा पुरस्कार’ प्रदान