काठमाडौँ । हालै सगरमाथाको सफल आरोहण गर्नुभएका गायक राजु लामाको स्वरमा रहेको ‘ठूली’ म्युजिक भिडियो सार्वजनिक भएको छ । राजु लामा र तारा श्रीश मगरको सुमधुर स्वरमा रहेको ठूलीको म्युजिक भिडियोलाई नेपाल इन्टरटेनमेन्ट प्रालिले सार्वजनिक गरेको हो । उक्त गीतमा शब्द कौडा बुढा मगरको रहेको छ भने सङ्गीत सरोज लामाको छ ।
‘नाकैमा ठूली, शिरैमा सुनको शिरबन्दी’, ‘म पनि केमा कम छु र ? भनन, चट्टै परेर आको छु हेर न’, ‘आऊ न नजिक मलाई अङ्गालोमा बेरन’ लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।
उक्त भिडियोमा आकाश श्रेष्ठ र बीना राउतले अभिनय गर्नुभएको छ । अर्जुन तिवारीले छायाङ्कन गर्नुभएको सो भिडियोमा शान थापाले निर्देशन गर्नुभएको हो । उक्त गीतको भिडियो नेपालमय युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक