३७ देशका एकसय भन्दा बढी संस्थाहरुलाई उछिन्दै एउटा नेपाली गैर सरकारी संस्थाले एउटा प्रतिष्ठित पुरस्कार प्राप्त गरेको छ।
दक्षिण कोरियामा शुक्रबार सम्पन्न विश्व पानी मञ्चमा खानेपानी तथा सरसफाइको क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नेपाली गैरसरकारी संस्था वातावरण तथा जनस्वास्थ्य संगठन ‘एन्फो’ (ENPHO) लाई ‘क्योटो वर्ल्ड वाटर ग्राण्ड प्राइज’ दिइएको छ।
जापान वाटर फोरम र विश्व पानी परिषदद्वारा दिइने सो पुरस्कारको राशी करीब २० हजार अमेरिकी डलरको छ। मध्यपश्चिमको सुर्खेतका छात्रछात्राहरुको लागि सौचालय र सरसफाइ सुविधाहरु निर्माण गर्ने एन्फोको प्रयासको प्रसंसा गर्दै पुरस्कृत गरिएको जापान वाटर फोरम र विश्व पानी परिषदले जनाएका छन्।
दक्षिण कोरियाको देगुमा आयोजित विश्व पानी मञ्चका क्रममा उक्त पुरस्कार प्रदान गरिएको थियो।
एन्फोका कार्यकारी निर्देशक डाक्टर सुमनकुमार शाक्यले सो पुरस्कारबाट आफुहरु निकै उत्साहित भएको बताए। उनले पहिले विद्यालयमा खानेपानी तथा सरसफाइको सुविधा सुधार गर्ने, बालबालिकालाई खाना खानु अघि र दिशापिसाब गरीसकेपछि हात धुन अभ्यस्त पार्ने र बालबालिकामार्फत तिनका बाबुआमा एवम् अभिभावकलाई पनि सरसफाइतर्फ उत्प्रेरित गर्ने काम आफुहरुले गरिरहेको बताए।
‘वाश’ (WASH) नाम दिइएको सो परियोजनाबाट सुर्खेतको नौवटा विद्यालयका दशहजार बढी छात्रछात्रा लाभान्वित हुने अपेक्षा गरिएको छ। यसबाहेक सो परियोजनाले समुदायमा फोहरमैला व्यवस्थापन, खेर गएको पानीको व्यवस्थापन आदि द्वारा वातावरण संरक्षणबारेको चेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको पनि शाक्यले बताए।
पुरष्कार संस्थापक जापान वाटर फोरमले एन्फोले गरिरहेको कामबाट अन्य मुलुकहरुले पनि सिक्न सक्ने अपेक्षा व्यक्त गरेको छ।
पच्चीस वर्ष अघि स्थापित एन्फोले वातावरण तथा जनस्वास्थ्यका क्षेत्रमा अनुसन्धान एवम् कार्यक्रम कार्यान्वयन पनि गर्दै आएको छ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई