स्वर्गीय एडमण्ड हिलरीको गृहनगर न्युजील्याण्डको अकल्याण्डमा नयाँ नेपाली रेष्टुरेण्ट ‘एभरेष्ट डाइन’ ले आफ्नो सेवा शुरु गरेको छ।
गत साता एक भव्य समारोहकाबीच अकल्याण्डको २७९ पर्नेलमा उक्त रेष्टुरेण्टको स्वर्गीय एडमण्ड हिलरीकी श्रीमती लेडी जुन हिलरी तथा ब्रिटेनस्थित एभरेष्ट इन समूहका संस्थापक तथा निर्देशक पशुपति भण्डारीले संयुक्तरुपमा उद्घाटन गरे । सो समारोहमा अकल्याण्ड च्याम्बर अफ कमर्सका जन लरेन्स, फे टाइम टिभीका जेरार्ड स्मिथ तथा समाजसेवी स्वर्गीय लेस हार्भेका छोरा केभिन हार्भे लगायतका विशिष्ट व्यक्तित्व उपस्थित थिए ।
उक्त अवसरमा बोल्दै ब्रिटेनस्थित एभरेष्ट इन समूहका निर्देशक पशुपति भण्डारीले स्वर्गीय एडमण्ड हिलरीको गृहनगर अकल्याण्डमा आफ्नो रेष्टुराँको नयाँ शाखा खोल्न पाउँदा आफुलाई साह्रै खुसी लागेको बताए । उनले तेन्जीङ नोर्गे शेर्पासंग मे २८, १९५३ मा पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्वमा नेपाललाई चिनाउने र त्यसपछि पनि हिमालयन ट्रष्ट स्थापना गरेर नेपालका शेर्पा बालबालिकाहरुकालागि विद्यालय स्थापना लगायत थुप्रै सामाजिक काम गरेका स्वर्गीय हिलरीलाई नेपालीहरुले कहिल्यै पनि नबिर्सने बताए ।
“न्युजील्याण्ड र नेपालबीचको त्यही ऐतिहासिक संबन्धलाई जनस्तरमा पनि अरु गाढा तुल्याउन हामीले अकल्याण्डमा नयाँ रेष्टुरेण्ट शुरु गरेका हौं,” भण्डारीले भने ।
कार्यक्रमको सन्चालन एभरेष्ट इन समूहका निर्देशक यादव भण्डारी तथा एभरेष्ट डाइन न्युजील्याण्डका प्रबन्ध निर्देशक राजु ढकालले गरेका थिए । उक्त अवसरमा एभरेष्ट इन समूहका एक्जिक्युटिभ शेफ शंकर पाण्डेको रेखदेखमा झण्डै तीस थरिका परिकारहरुद्वारा पाहुनाहरुको स्वागत गरिएको थियो।
ब्रिटेनमा छ वटा रेष्टुरेण्ट सन्चालन गर्दै आएको एभरेष्ट इन समूहले गएको लगातार चार वर्षदेखि बेस्ट नेप्लीज क्वीजीनको रुपमा ‘एसियन करी अवार्ड’ पाउन सफल भएको छ। सो समूहले जापानमा पनि एभरेष्ट डाइन रेष्टुरेण्ट सन्चालन गरिरहेको छ।
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई