लण्डन । बेलायतमा रहेका नेपाली लोकदोहोरीका पारखीलाई लोकदोहोरीको मौलिक स्वाद पस्कन दोहोरी साँझ खुल्ने भएको छ ।
गोरखा इन रेस्टुरेन्ट फ्लीटमा आगामी शनिबार (फेब्रुअरी १२) बाट सो लोकदोहोरी शुरु हुन लागेको हो ।
देउराली भन्ज्याङ दोहोरी साँझ नामकरण गरिएको सो दोहोरीमा बेलायतमा स्थायीरुपमा बसोबास गरिरहेका कलाकारहरु मनसुधन थापा मगर, कल्पना श्रीपाल र संजय नेपालीले मनोरन्जन दिने छन् ।
कलाकार मनसुधन थापामगरका अनुसार बेलायतमा युवाहरुलाई लक्षीत गरी विभिन्न ठाउँमा मनोरन्जन दिलाउने गरिए पनि नेपाली लोकगीत संगीतलाई मन पराउने अधबैँसे उमेर समूहलाई मनोरन्जन दिलाउने स्थानको अभाव महसुस गरी लोकदोहोरी शुरु गर्न लागिएको हो ।
अहिलेलाई सो दोहोरी हरेक शनिबार साँझ मात्र हुने छ । शुरुमा ट्रयाकबाट गीत प्रस्तुत गर्ने र कतिपय अवस्थामा लाइभ वाद्यवादनका साथमा लोकदोहोरी प्रस्तुत गरिने पनि उनले जानकारी दिए । ‘पछि शुक्रबार, शनिबार र आइतबार दोहोरी चलाउने योजना छ’ उनले भने ।
करिब दुई/तीन सय मानिसहरु अटाउन सक्ने सो रेष्टुरेन्टमा दोहोरी गीत संगीतका साथमा मिष्टान्न भोजन र कम्युनिटीका कार्यक्रम समेत गर्न सकिने सुविधा भएको थापाले बताए । यसका साथै ग्राहकहरुका लागि पर्याप्त पार्किङको पनि सुविधा भएको उनले थपे ।
बेलायतमा नेपालीहरुको बसोबास बढ्दै जाँदा लोकदोहोरी साँझ पनि शुरु भएका थिए । अल्डरसटमा भेटघाट दोहोरीबाट शुरु भएको सो क्रम नीरमाया दोहोरी साँझमा लामो समयसम्म चलेको थियो तर सो बिक्री भए पछि एम्पायर हलमा केही समय दोहोरी चले पनि निरन्तरता पाउन सकेन ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा