लण्डन । बेलायतमा रहेका नेपाली लोकदोहोरीका पारखीलाई लोकदोहोरीको मौलिक स्वाद पस्कन दोहोरी साँझ खुल्ने भएको छ ।
गोरखा इन रेस्टुरेन्ट फ्लीटमा आगामी शनिबार (फेब्रुअरी १२) बाट सो लोकदोहोरी शुरु हुन लागेको हो ।
देउराली भन्ज्याङ दोहोरी साँझ नामकरण गरिएको सो दोहोरीमा बेलायतमा स्थायीरुपमा बसोबास गरिरहेका कलाकारहरु मनसुधन थापा मगर, कल्पना श्रीपाल र संजय नेपालीले मनोरन्जन दिने छन् ।
कलाकार मनसुधन थापामगरका अनुसार बेलायतमा युवाहरुलाई लक्षीत गरी विभिन्न ठाउँमा मनोरन्जन दिलाउने गरिए पनि नेपाली लोकगीत संगीतलाई मन पराउने अधबैँसे उमेर समूहलाई मनोरन्जन दिलाउने स्थानको अभाव महसुस गरी लोकदोहोरी शुरु गर्न लागिएको हो ।
अहिलेलाई सो दोहोरी हरेक शनिबार साँझ मात्र हुने छ । शुरुमा ट्रयाकबाट गीत प्रस्तुत गर्ने र कतिपय अवस्थामा लाइभ वाद्यवादनका साथमा लोकदोहोरी प्रस्तुत गरिने पनि उनले जानकारी दिए । ‘पछि शुक्रबार, शनिबार र आइतबार दोहोरी चलाउने योजना छ’ उनले भने ।
करिब दुई/तीन सय मानिसहरु अटाउन सक्ने सो रेष्टुरेन्टमा दोहोरी गीत संगीतका साथमा मिष्टान्न भोजन र कम्युनिटीका कार्यक्रम समेत गर्न सकिने सुविधा भएको थापाले बताए । यसका साथै ग्राहकहरुका लागि पर्याप्त पार्किङको पनि सुविधा भएको उनले थपे ।
बेलायतमा नेपालीहरुको बसोबास बढ्दै जाँदा लोकदोहोरी साँझ पनि शुरु भएका थिए । अल्डरसटमा भेटघाट दोहोरीबाट शुरु भएको सो क्रम नीरमाया दोहोरी साँझमा लामो समयसम्म चलेको थियो तर सो बिक्री भए पछि एम्पायर हलमा केही समय दोहोरी चले पनि निरन्तरता पाउन सकेन ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी