काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ ।
महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो ।
आइतबार दिउंसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो ।
महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए ।
त्यसअवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदनास्वरूप महासंघले सहयोग प्रदान गरेको बताए। आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए ।
महासचिव रोशन पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरुमा पनि आवश्यक पर्ने थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए ।
महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैँयामध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरुलाई पनि छिट्टै सहयोग बांडिने जानकारी गराए ।
कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालिन कोषमा २३ लाख रूपैँया पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाको थप सहयोग जुटाएर पठाएको थियो ।
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल