काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ ।
महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५० हजार रुपैँयाको सहयोग प्रदान गरेको हो ।
आइतबार दिउंसो काठमाडौँस्थित महासंघको केन्द्रीय कार्यालयमै एक संक्षिप्त कार्यक्रमबीच सहयोग चेक वितरण गरिएको थियो ।
महासंघ केन्द्रका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले स्वर्गीय पत्रकार विश्वकर्माका मामा चन्द्र विश्वकर्मालाई चेक हस्तान्तरण गरेका थिए ।
त्यसअवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले स्वर्गीय पत्रकार विश्वकर्माको परिवारप्रति समवेदनास्वरूप महासंघले सहयोग प्रदान गरेको बताए। आर्थिक सहयोग संकलन गरी पठाउने महासंघ बेलायत शाखालाई उनले केन्द्रीय समितिको तर्फबाट धन्यवाद दिए ।
महासचिव रोशन पुरीले स्वर्गीय विश्वकर्माको परिवारलाई आउँदा दिनहरुमा पनि आवश्यक पर्ने थप सहयोगको लागि महासंघले पहल गर्ने आश्वासन दिए ।
महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले बेलायतमा संकलन गरी पठाइएको ५ लाख रुपैँयामध्येको बाँकी रकमबाट केन्द्रसँगको समन्वयमा अन्य पत्रकारहरुलाई पनि छिट्टै सहयोग बांडिने जानकारी गराए ।
कोभिड महामारीका बेला महासंघ केन्द्रीय समितिले स्थापना गरेको आपतकालिन कोषमा २३ लाख रूपैँया पठाएको बेलायत शाखाले केही महिनाअघि फेरि पाँच लाख रूपैयाको थप सहयोग जुटाएर पठाएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा