लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको दर्शन गरेका छन् ।
यसअघि पनि दुईपटक गुम्बाको दर्शन गरिसकेका राजदूत रेग्मी आइतबार १७ अक्टोबरका दिन गुम्बा पुगेका हुन् । अक्टोबर १६ देखि ३ दिनका लागि आयोजना भैरहेको बौद्ध धर्ममा अत्यन्त महत्व रहेको गणचक्र (छोकबुम) पूजाको दोस्रो दिन राजदुत रेग्मी र राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल परिवारसहित गुम्बा पुगेका थिए ।
राजदूत रेग्मीले गुम्बाभित्र रहेको गौतम बुद्धको प्रतिमामा बत्ती बाले लगत्तै गुम्बाका लामा खेन्पो कुन्ख्यापले बुद्ध धर्मसँग सम्बन्धित प्रवचन सुनाएका थिए । सो अवसरमा बौद्धमार्गीप्रति आफ्नो विश्वास रहेको बताउँदै सो प्रवचनले अत्यन्त मन छोएको जनाए । त्यस्तै, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष समेत रहेका बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले राजदूत रेग्मीले छोटो समयमा पनि भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन मुद्दामा विशेष योगदान दिएकोमा आभार व्यक्त गरे ।
उक्त गणचक्र पूजाको मध्यान्तरमा गरिएको राजदूत रेग्मीको दर्शनको क्रममा बीसीसी युकेका धर्म गुरुहरु, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार डा. कपिल रिजाल लगायतको उपस्थिति रहेको थियो ।
बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले संचालन गरेको उक्त दर्शन कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले राजदूत रेग्मी दम्पत्तीलाई फूलको गुच्छासहित मायाको चिनो प्रदान गर्दै विदाई समेत गरेका थिए ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?