लण्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले अल्डरसटस्थित वुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेको दर्शन गरेका छन् ।
यसअघि पनि दुईपटक गुम्बाको दर्शन गरिसकेका राजदूत रेग्मी आइतबार १७ अक्टोबरका दिन गुम्बा पुगेका हुन् । अक्टोबर १६ देखि ३ दिनका लागि आयोजना भैरहेको बौद्ध धर्ममा अत्यन्त महत्व रहेको गणचक्र (छोकबुम) पूजाको दोस्रो दिन राजदुत रेग्मी र राजदूतावासकी उपनियोग प्रमुख रोशन खनाल परिवारसहित गुम्बा पुगेका थिए ।
राजदूत रेग्मीले गुम्बाभित्र रहेको गौतम बुद्धको प्रतिमामा बत्ती बाले लगत्तै गुम्बाका लामा खेन्पो कुन्ख्यापले बुद्ध धर्मसँग सम्बन्धित प्रवचन सुनाएका थिए । सो अवसरमा बौद्धमार्गीप्रति आफ्नो विश्वास रहेको बताउँदै सो प्रवचनले अत्यन्त मन छोएको जनाए । त्यस्तै, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का कार्यबाहक अध्यक्ष समेत रहेका बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्गले राजदूत रेग्मीले छोटो समयमा पनि भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन मुद्दामा विशेष योगदान दिएकोमा आभार व्यक्त गरे ।
उक्त गणचक्र पूजाको मध्यान्तरमा गरिएको राजदूत रेग्मीको दर्शनको क्रममा बीसीसी युकेका धर्म गुरुहरु, आमा समूहकी अध्यक्ष उर्मिला गुरुङ, कोषाध्यक्ष मेजर हितमान गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार डा. कपिल रिजाल लगायतको उपस्थिति रहेको थियो ।
बीसीसी युकेका महासचिव क्याप्टेन देव घलेले संचालन गरेको उक्त दर्शन कार्यक्रममा बीसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग र आमा अध्यक्ष उर्मिला गुरुङले राजदूत रेग्मी दम्पत्तीलाई फूलको गुच्छासहित मायाको चिनो प्रदान गर्दै विदाई समेत गरेका थिए ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन