लण्डन । बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी अक्टोवर २४ मा नेपाल फर्कने भएका छन् ।
बेलायतका लागि नेपाली राजदुतका रुपमा चार वर्षका लागि नियुक्त भएको भए पनि नेपाल सरकारको २१ सेप्टेम्बरमा बसेको मन्त्री परिषद्को बैठकले पूर्ववर्ती सरकारका पालामा राजनीतिक नियुक्ति पाएका सबै राजदुतहरुलाई फिर्ता गर्ने निर्णय गरेपछि रेग्मी नेपाल फर्कन लागेका हुन् ।
स्याङजा समाज युकेले शनिबार अल्डरसटमा आयोजना गरेको दशैँतिहार कार्यक्रममा सरिक हुँदै राजदुत रेग्मीले अक्टोर २४ मा नेपाल फर्कन लागेको बताएका हुन् ।
गृह र अर्थ मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयका सचिव सम्हालिसकेका रेग्मी राजदुत नियुक्त हुनुपूर्व नेपाल सरकारका मुख्यसचिव थिए । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७ माघ ५ गते बेलायतका लागि नेपाली राजदुतका रुपमा नियुक्त गरेकी थिइन् । रेग्मी बेलायतका लागि नेपालका एक्काइसाैँ राजदुत हुन् ।
रेग्मी गत मार्च १ तारिखमा बेलायत आई पदबहाली गरेका थिए । सरकारका निर्णयका कारण एक वर्षभन्दा पनि कम समयमा नै उनी नेपाल फर्कन लागेका छन् । छोटो कार्यकालमा उनले गोरखा भूतपूर्व सैनिकका समस्याका बारेमा दुई सरकारबीच वार्ता गराउने पहलकदमी लिएका थिए । जसका कारण यही डिसेम्बरमा वार्ताको मिति तय भएको छ ।
रेग्मीको फिर्तीपछि लण्डनस्थित नेपालको सबैभन्दा पुरानो राजदुताबास राजदुतविहीन हुने भएको छ । राजदुत नियुक्ति सम्बन्धी प्रावधानका कारण नयाँ राजदुतको नियुक्ति बेलायत आइपुग्न भने अब केही महिना पर्खनुपर्ने छ ।
अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरे नेपाल पुनःनिर्माण कोषमा ९ लाख
बेलायती प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिबीच भेटवार्ता, दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने सहमति
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
गोरखा सैनिकहरुले बनाए साझा अजेण्डा
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
बेलायतलगायत देश र ठूला अन्तर्राष्ट्रिय कम्पनी सम्मिलित लिफ कोलियसन सम्झौतामा नेपालले गर्यो हस्ताक्षर
सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन