लण्डन । भिक्टोरिया क्रस विजेता प्रथम गोरखा सैनिक कुलवीर थापाको शालिक बेलायतको अल्डरसटमा प्रतिस्थापन गरिएको छ ।
पूर्ण कदको सो शालिक शुक्रबार अल्डरसटको प्रिन्सेस गार्डेनमा प्रतिस्थापन गरिएको हो । शालिक निर्माण समितिका प्रवक्ता ओमप्रसाद थापाले शुक्रबार सफलतापूर्वक शालिक प्रतिस्थापन भएको जानकारी दिए ।
स्थानीय रसमुर काउन्सिल र ग्रेटर रसमुर नेपाली कम्युनिटीको संयुक्त पहलमा राखिएको हो । स्थानिय काउन्सिलले शालिक रहने स्थान र रेखदेखको जिम्मा लिएको छ भने बेलायतस्थित नेपाली समुदायले शालिक निर्माणमा लाग्ने खर्च ब्यहोरेका छन् ।
शालिकको उद्घाटन आउँदो शनिबार हुँदैछ ।
कलाकार एमी गुडम्यानले सो शालिक तयार गरेकी हुन् ।
बेलायतमा गोरखा समुदायको बाक्लो बसोबास रहेको स्थानीय रसमुर काउन्सिलले प्रथम गोरखा भिक्टोरिया क्रस विजेता गोरखा सैनिकको शालिक खडा गर्नका लागि देखाएको अग्रसरताले बेलायतबासी नेपालीहरु प्रफूल्ल बनेका छन् ।
थापाले पहिलो विश्वयुद्धमा भिक्टोरिया क्रस पाएका थिए ।
लडाइँमा घाइते थापाले सहयोद्धा बेलायती सैनिकलाई उद्दार गरिरहेको तस्वीरलाई शालिकमा उतारिएको छ ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन