लण्डन । किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा लेखक नरेश काङमाङ राईद्वारा सङ्कलन तथा लेखन गरिएको पुस्तक ‘साखुङ्बारा अर्थात रजस्वला’को विमोचन गरिएको छ ।
किरात राई २२ भाषीहरुको जन्मदेखि मृत्यु संस्कारको विषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनद्वारा प्रकाशन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि किरात राई यायोख्या युकेका अध्यक्ष अध्यक्ष कल्पना राई र विशेष अतिथि किरात राई यायोख्या नेपाल केन्द्रीय समितिकी पूर्व अध्यक्ष डा. सुमाया राईले सो पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।
विशेष अतिथि डा राईले साखुङबारा पुस्तकको बारेमा बोल्नु भएको थियो । डा राईले साखुङवाराले किरात राईहरुको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताउनुभयो । साथै अन्य लेखकहरुका लागि राम्रो सन्दर्भ सामग्री भएको समेत बताउनुभयो ।
पुस्तकका लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, ‘यो शुरुवात हो, पूर्ण हैन ।’ यो पुस्तकभित्र केही नयाँ कुरा समेटिए पनि धेरै कुरो समेट्न बाँकी रहेको बताउँदै उनले यो एउटा सानो प्रयास मात्र हो र एउटा भाषीले अर्को भाषीको विषयमा खोज अनुसन्धान गर्नु निकै चुनौती पूर्ण रहेछ भन्नुभयो ।
किराया बेलायतका अध्यक्ष प्रमुख अतिथि कल्पना राईले पुस्तक सङ्कलन र लेखन गरेकोमा लेखक नरेश काङमाङ राईलाई र प्रकाशक प्राकास लण्डनलाई हार्द्विक बधाई तथा शुभकामना दिएका थिए ।
अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन् भने सचिवमा किरण राई सहसचिवहरुमा सीमा राई र जोशन राई चयन भएका छन् । सर्वसम्मत रुपमा निर्वाचित भएको समितिको कोषाध्यक्षमा योजन राई र सहकोषाध्यक्षहरुमा अञ्जना राई र सन्दीप राई निर्वाचित भएका छन् । सदस्यहरुमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन् ।
नेपाल पत्रकार महासंघ यूकेको भर्चुअल बैठक : के के भए निर्णय ?
उपनिर्वाचनमा बर्नह्यामको जितले बेलायती प्रधानमन्त्री स्टारमरमाथि दबाब
बेलायतमा नेपाली वृद्धाहरुमाथिको आक्रमणबारे जीआरएनसीले दियो काउन्सिल र प्रहरीलाई जानकारी
नेपाली वृद्धवृद्धामाथि आक्रमण : दोषीलाई कानुनी दायरामा ल्याउन दूतावासको आग्रह
पूर्वगोर्खा वृद्ध, वृद्धा नेपालीमाथि बेलायतमा आक्रमण
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’