वासिङटन । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।
बीबीसीले तालिवान नेतालाई उद्धृत गर्दै सो विस्फोटमा ११ जनाको मृत्यु भएको जनाएको छ । उता अमेरिकाले सो विष्फोट अमेरिकी गैरसैनिक पनि परेको पुष्टी गरेको छ भने बेलायतले बेलायती सैनिकहरु नपरेको जनाएको छ ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले भन्नुभयो, “काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला बिष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।”
आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।
अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भन्नुभएको थियो ।
कार्जाई र अब्दुल्लाहलाई ‘नजरबन्द’मा
अफगानिस्तानका भूतपूर्व राष्ट्रपति हमिद कार्जाई र राष्ट्रिय पुनः मिलन उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।
बिहीबार प्रशारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलगायतको सहयोगी समूहबाट अलग गरी तालिबान समूहले काबुलस्थित उनीहरूको घरमा ‘नजरबन्द’ मा राखेको बताइएको छ ।
तालिबान समूहको ‘दयामा भरोसा गरिरहेका’ ती राजनीतिज्ञहरूको गाडी पनि जफत गरेको बताइएको छ । तालिवान बुधबार अब्दुल्लाहको घरमा पुगेका रिपोर्टहरू सार्बजनिक भएका छन् ।
काबुललाई आफ्नो कब्जामा लिएदेखि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने प्रतिज्ञा गरेका छन् । यस समूहले पूर्व राष्ट्रपति कार्जाई र पूर्व मुख्य कार्यकारी अब्दुल्लाहसँग वार्ता गरेका बताइएको छ । तालिबानको अनपेक्षित आक्रमणपश्चात् यी दुई अधिकारीहरू काबुलमा रहँदै आएका पनि बताइएको छ ।
गत हप्ता अब्दुल्लाह अब्दुल्लाह र कार्जाईले काबुलका ‘तथाकथित’ कार्यकारी तालिबान गभर्नर अब्दुल रहमान मानसौरलाई भेटका थिए ।
उनीहरूले काबुल नागरिकको जीवन, सम्पत्ति र गरिमारक्षाको प्राथमिकताका विषयमा छलफल गरेका थिए । उक्त अवसरमा अब्दुल्लाहले तालिबानका कार्यवाहक काबुल गभर्नरसँग राजधानी काबुलमा सामान्य अवस्थामा बसोबास गर्न सुरक्षित महसुस गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका थिए ।
तालिवान नेतासँगको भेटपछि अब्दुल्लाहले तालिबानले समावेशी सरकार बनाउने विश्वास व्यक्त गरेका थिए । यस महिनाको सुरुतिर संयुक्त सरकारका लागि अन्तर्राष्ट्रिय दवावपछि तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ‘सबै पक्ष समावेश भएको’ सरकार स्थापना गर्ने प्रतिज्ञा गरेका थिए ।
११ देशका स्रष्टाहरु मुन्दुम पदमार्गमा, कुन देशबाट को ?
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
कोरियाबाट फर्किएका नेपाली कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग