लण्डन । इङल्याण्डमा जुलाई १९ देखि कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि बनाइएको सबै नियम हटाइने भएको छ ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार भेटघाटमा बोल्दै पूर्व निर्धारित कार्यतालिका अनुसार नै जुलाई १९ देखि लकडाउनसम्बन्धी सबै प्रावधान खारेज गर्ने जानकारी दिएका हुन् । तथापि यसको अन्तिम जानकारी भने अर्को सोमबार हुने छ ।
प्रधानमन्त्री जोन्सनका अनुसार जुलाई १९ देखि सबै पसलहरु खुल्ने छन् भने होटल रेष्टुराँहरुमा पनि बारकोड स्क्यान गरी कन्ट्याक्ट ट्रयासिङमा सहभागी हुनपर्ने झण्झट रहने छैन । यस्तै विवाह, अन्त्येष्ठीका साथै ठूला कार्यक्रम गर्नका लागि पनि कुनै हदबन्दी रहने छैन । यस्तै यसअघि घरबाटै काम गर्नु भन्ने नियम पनि हट्ने छ भने घरभित्र ६ जनामात्र वा दुई घरपरिवारका सदस्यहरु मात्र भेट्न पाउने बन्देज पनि रहने छैन । केयर होमहरुमा भेट्न जाने संख्याको कुनै सीमा रहने छैन । यस्तै स्थानीय काउन्सिलहरुले कोरोना संक्रमणको अवस्था हेरी लकडाउन गर्न पाउने अधिकार पनि खारेज हुनेछ ।
प्रधानमन्त्री जोन्सनले बेलायतले कोरोनाविरुद्धको खोप लगाउनमा हासिल गरेको उपलब्धीका कारण जनजीवन सामान्य अवस्थातर्फ फर्कन सम्भव भएको बताए । तथापि कोरोना भाइरससितको लडाइँ सकियो भनेर नठान्न पनि उनले सचेत गराएका छन् । उनले जुलाई १९ सम्ममा बेलायतमा दैनिक संक्रमितको संख्या बढेर ५० हजारसम्म पुग्नसक्ने आँकलन गरेका छन् ।
एकैचोटी सबै प्रतिवन्धात्मक प्रावधानहरु हटाउने सरकारको योजनाको विपक्षी लेबोर पार्टीका नेता सर कियर स्टामरले भने विरोध गरेका छन् ।
इरान आक्रमणप्रति चीनको असहमति
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा
कतारले ग्यासको उत्पादन रोकेपछि ग्यासको मूल्यमा ४५ प्रतिशत वृद्धि
इरान र अमेरिका–इजरायली द्वन्द्व : बहराइन, जोर्डन र इराक छाड्न अमेरिकी नागरिकलाई विदेश मन्त्रालयको निर्देशन
ब्रिटिश आर्मीका पूर्वसैनिक गुरुङ अब काउन्सिलर दौडमा
अभियन्ता रोजिना प्रधान राईले एनआरएनएको खुला उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने
हिंसाबीच विश्वकपमा मेक्सिकोप्रति विश्वास
बेलायती सांसदमाथि रेड नोटिस जारी गर्न बङ्गलादेशको दबाब
भूतपूर्व गोर्खा सैनिकको समस्याबारे सर्वोच्च अदालतको आदेश – ‘बेलायत सरकारसँग परिणाममुखी वार्ताको थप पहल गर्नू’