
लन्डन । सेवा नै धर्म हो भन्ने नेपाली उक्तिलाई बेलायतको वेम्लीस्थित एक हाइस्कुलमा अध्ययनरत नेपाली किशोरी प्रकृति पौडेलले चरितार्थ गरेकी छन् । उनले आफ्नो १५ इञ्च कपाल काटेर लिटल प्रिन्सेस ट्रस्ट भन्ने च्यारटी संस्थालाई दान गरेकी छन् ।
यसबाट क्यान्सर जस्ता भयावह रोगबाट आफ्नो कपाल गुमाएका मुडुला बालबालिकाको ओठमा हांसो ल्याउन सहयोग पुग्ने उनको अपेक्षा छ । उनले सहयोग गरेको संस्थाका अनुसार एउटा विग्स किन्नका लागि ब्रिटिश पाउण्ड ३ सय ५० लाग्ने उनको भनाई छ । लिटल प्रिन्स्ले मानिसहरुको कपाल संकलन गरि यस्ता विग्स बनाएर क्यान्सर पीडित बालबालिकालाई वितरण गरि खुशी तुल्याउन सहयोग गर्दै आएको छ । ति किशोरी प्रकृतिले उक्त संस्थालाई दिन आफन्त, साथीभाई र अन्य परोपकारी महानुभावबाट ५ सय पाउण्ड भन्दा बढि रकम संकलन गरेकी छन् । सानै उमेरमा उनको परोपकारी भावना र कार्यले अरुलाई पनि समाजसेवामा अग्रसर हुन हौसला मिल्ने आशा प्रकृतिको छ । उनी डा. पुरुषोत्तम पौडेल र तारा पौडेल कि छोरी हुन् ।
नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य