लन्डन । नेपालमा असहाय वालवालिकालाई आश्रय दिंदै आएको संस्था सेल्टरकी अध्यक्ष खुश्वु ओलीले आर्थिक अभावमा संस्थामा आश्रित आफ्ना दुई वालक परीक्षाबाट वञ्चित भएको भन्ने खवर स्वीकार गरेकी छिन् ।
तर, उनले बारम्बार सरकारसंग सहयोग माग्न जांदा वास्ता नगरेकामा सरकारप्रति कडा आलोचना समेत गरेकी छिन् । ‘हो बोर्डिङ स्कुलको फि तिर्न नसक्दा मेरो जति मुटु अरु कसैको दुखेको छैन्’, हाल लन्डनमा रहेकी खुश्वुले भनिन्, ‘किनभने आत्माबाट आफ्नो बच्चा मानेर तिनलाई माया गरिरहेको छु । त्यहां गएर बच्चालाई सोध्नु दिदीले कति माया गर्छ भनेर ?’
राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट वञ्चित भएका भन्ने राससको खवर अन्य विभिन्न अनलाइनमा प्रकाशित भएप्रति खुश्वुले प्रष्टिकरण दिएकी हुन् ।
‘मैले सहयोगका लागि सरकारसंग कयौं पटक अनुनय गरे तर भएन’, खुश्वुले भनेकी छिन्, ‘हामीलाई कुनै पनि सरकारी तथा अन्तर्राष्टिय सहयोग छैन् । आफ्नै खर्च, आफन्तजन र केही च्यारिटी कार्यक्रममार्फत संस्था चलिरहेको छ । कम्तीमा सडकको बास हुने अवस्थाका घरवारविहीन वालवालिकालाई वास र खाना दिएको छु ।’
खुश्वुको प्रष्टिकरण (भिडियोसहित)
राजधानीस्थित अल्कापुरी बोर्डिङ स्कुल चन्डोल, विशालनगरमा कक्षा ९ मा अध्ययनरत सुवास पौडेल र कक्षा ६ मा अध्ययनरत सुवर्ण पौडेल विद्यालय शुल्क तिर्न नसकेपछि परीक्षा दिनबाट वञ्चित भएका भन्ने खवरप्रति म आफैं प्रष्टिकरण दिन चाहन्छु ।
मैले सहयोगका लागि सरकारसंग कयौं पटक अनुनय गरे तर भएन । हामीलाई कुनै पनि सरकारी तथा अन्तर्राष्ट्रिय सहयोग छैन् । आफ्नै खर्च, आफन्तजन र साथीभाइको सहयोग र केही च्यारिटी कार्यक्रममार्फत संस्था चलिरहेको छ । कम्तीमा सडकको बास हुने अवस्थाका घरवारविहीन वालवालिकालाई वास र खाना दिएको छु ।
पठनपाठनको सबै आवश्यकता पुरा गर्न नसकेकोमा मलाई कत्ति अफसोच छैन् किनभने सडक र कुलतमा लागेका वालवालिका हाम्रो आश्रयमा
छन् ।
अहिले मिडियामा भइरहेको आलोचनाको सट्टा ति वालवालिकाका लागि केही सहयोग गरिदिन मेरो आग्रह छ किनभने ति वालवालिकाको रेखदेख हामी सबैको उत्तरदायित्वभित्र पर्छ कि पर्दैन ?
यी दुई वालवालिकामात्र होइन, अरु कयौंलाई आर्थिक सहयोग आवश्यकता छ । धेरैपटक वाल कल्याण परिषद धाइसक्यौं हामी । सार्है राम्रोसंग वालवालिका राख्नु भएको छ भनेर प्रशंसा नपाएको पनि होइन । तर, सहयोग भने पाउन सकिएको छैन् । आजको समयमा एउटा बच्चालाई दुई छाक खुवाउन गार्हो हुन्छ तर हामीले त कयौं बच्चा हुर्काएका छौं । सडकमा बसेर कुलतमा लागी बच्चाको भविष्य बिगार्नु भन्दा त कमसेकम एउटा छत मुनी राखेर, काउन्सिलिंग गरेर, खेलकुदमा संलग्न गराएर, अनुशासन सिकाएर, प्रशिक्षण दिएर बच्चाको भविष्य सुधार्न सहयोग गरिरहेका छौं । कति धाउनु सरकारलाई गुहार्दै समाज कल्याण र वाल कल्याण धाउंदै । हामी लगभग ७ जना स्टाफ छौं, सबै फूलटाइम भोलेन्टियर गर्छौं । कसैले तलव लिएका छैनन् । जुन दिन दीर्घकालिन श्रोत साधन उपलव्ध हुन्छ, त्यसपछि मात्र अन्य सुविधातिर विचार गर्ने भनेर सबै जना दिनरात खटेका छन् । सडक बच्चा पाल्नु अनाथ पाल्नु जस्तो होइन । लागू औषधको लत लागेका बच्चालाई राखेर सुधारेर सभ्य बनाउन सार्है अप्ठेरो छ । तर पनि हामी रातदिन खटेका छौं । गाउंघरतिर मुठी दान लिए जस्तै एक रुपैयां देखि एक किलो चामलसम्म सहयोग जुटाएर बच्चाहरुलाई हुर्काएका छौं । यो एउटा टिम वर्क हो ।
भाडा समयमा दिन नसकेपनि आफ्नो पनि दायित्व भनेर घरवेटी आमाले पनि विस्तारै दिनु भन्नुहुन्छ, खाद्यान्न उपलब्ध गराउने दाईले पनि मिलाएर विस्तारै दिनु भन्नुहुन्छ । कसैले महिनावारी सहयोग गर्नुहुन्छ त कसैले विहेभोजको खर्च कटाएर । यो एउटा सामूहिक प्रयास हो । सही सहयोग पाउने हो भने २ वर्षमा नेपाललाई सडक वालवालिका मुक्त राष्ट्र बनाउन सकिन्छ । हामी तत्पर छौं तर यसमा सरकारको ध्यानाकर्षण हुंदैन ।
अचेल हजारौं एनजिओको नाममा नकारात्मक कार्य भइरहेको छ । कति दर्ता गरेर काम नगरि बस्ने पनि चलिरहेका छन् । हामी दिनकै हरेक बैठकमा जान्छौं । हरेक सरकारी आदेशको पालना गर्छौं तरपनि खोइ आजसम्म केही सहयोग पाएका छैनौं । हो बोर्डिंग स्कुलको फि तिर्न नसक्दा मेरोजति मुटु अरु कसैको दुखेको छैन् । किनभने आत्माबाट आफ्नो बच्चा मानेर माया गरेको छु । त्यहां गएर सोध्नु बच्चालाई दिदीले कति माया गर्छ भनेर । उनीहरुको भविष्य बनाउन कहिले बेलायत, कहिले भारत दौडिरहेको छु त कहिले नेपालकै कार्यालयमा सहयोग जुटाउन । बच्चाहरुका लागि एउटा प्लेटफार्म बनाउन । त्यसैले यस कुरालाई म आफैं प्रष्ट्याउन चाहन्छु । पत्रपत्रिकामा हरेक चोटी दुई तीनवटा बच्चाको खवर आउंछ तर के नेपालमा लाखौं बच्चा छैनन् शिक्षाबाट वञ्चित ? यो सरकारको ध्यानाकर्षण हुनुपर्ने विषय होइन र ?
हामी त सहयोगी हौं, आफ्नो ठाउंबाट सहयोग गरिरहेका छौं । तर, सरकारको लागि त यो सानो कुरा हो । करोडौंको बजेटमा किन यी वालवच्चा पर्दैनन् ?
अन्त्यमा, भोको भेट भर्ने कि फि तिर्ने ? आश्रय दिने कि सुविधा ? सेल्टर नेपालको प्रश्न ।
समाचारको खण्डन
यसैबीच अल्कापुरी हाइस्कुलका एकाउन्टेन्ट रिगज सिंहले आफ्नो नाममा छापिएका समाचार गलत भएको भन्दै खन्डन गरेका छन् । उनले एक पत्र लेख्दै विद्यार्थीको करिब ५० हजार शुल्क बांकी रहेको र सो शुल्क नबुझाउंदा सम्म विद्यालय नआउनु भनि विद्यार्थीको काकालाई भनेको कुरा पत्रकारले बंग्याएको दावी गरेका छन् ।
https://www.youtube.com/watch?v=iZOXnHI9m_Y&feature=youtu.be
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती