
लण्डन । नेपाली कामदारहरुका लागि सरकारले काम, पारिश्रमिक तथा सेवासुविधासहित आकर्षक र सुरक्षित गन्तव्य मुलुकहरुको खोजी सुरु गरेको छ।
उच्च आयआर्जन गर्न सकिने मुलुकहरुसँग श्रम सम्झौता गरि नेपाली श्रमिकहरु पठाउन सरकारले पहल सुरु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको हो। त्यसका लागि सरकारले युरोपका पोल्याण्ड तथा रोमानियालगायतका मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ ।
‘हामीले नेपाली श्रमिकहरुको आयआर्जन राम्रो हुने युरोपका मुलुकहरुसँग श्रम सम्झौताको तयारी थालेका छौँ। आयआर्जनका हिसाबले उपयुक्त मुलुकहरु पोल्याण्ड, रोमानिया, सेसेल्ससँग श्रम सम्झौताको कुरा अगाडि बढेको छ,’ श्रम मन्त्रालयका सचिव तोयम रायाले भने।
यी मुलुकहरुसँगै टर्की, पोर्चुगल लगायत अन्य युरोपियन मुलुकहरुसँग समेत श्रम सम्झौता गर्न मन्त्रालयको जोड छ।
युरोप काम र कमाइका हिसाबले नेपाली श्रमिकहरुका लागि आकर्षक गन्तव्य बन्दै आएको छ। तर नेपालबाट युरोप छिर्ने सहज वातावरण भने छैन। सहज रुपमा युरोप छिर्न नपाएपछि नेपाली युवाहरु अवैध रुट तथा प्रकृयामार्फत छिरि रहेका छन । युरोपमा कागज बनाउने र स्थायी रुपमा बसोबास गर्ने धेरै नेपालीहरु यही रुट प्रयोग गरि आउने गरेका छन ।
भारत हुँदै तथा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमार्फत पनि भिजिट भिसा बनाएर अधिकांश नेपाली युवाहरु युरोप छिर्ने गरेका छन्। यसरी युरोप छिरेकाहरूमध्ये कतिपय राम्रो काम तथा कमाइ गरिरहेका छन्। यसरी युरोप छिर्ने सपना बोकेका ठूलो संख्यामा युवाहरु मानव तस्करको पन्जामा समेत पर्ने गरेका छन्।
कतिपयलाई मानवतस्करहरुले बाटैमा अलपत्र पार्ने गरेका घटनाहरु बढ्दै गइरहेका छन्। केहीलाई युरोप पुर्याएर पनि तस्करहरुले दुःख दिने गरेका छन्। तर पनि नेपाली युवाहरुमा युरोप मोह रोकिएको छैन। नेपालमा रोजगारीको अवसर नभएपछि उनीहरु ज्यानै जोखिममा राखेर यूरोप छिर्न बाध्य छन्।
केही समयअघि मात्रै सार्वजनिक भएको नेदरल्याण्डस्थित ट्रेड युनियनको अध्ययन प्रतिवेदनलेसमेत ज्यानै माया मारेर युरोप छिर्ने नेपालीहरुको दर्दनाक अवस्था चित्रित गरेको थियो। उक्त अध्ययनले चर्को शुल्क तिरेर नेपाली श्रमिकहरु युरोप छिर्न बाध्य रहेको देखाएको छ। जस्तै सरकारले पोल्याण्डका लागि ८० हजार ४ सय शुल्क तोके पनि नेपाली श्रमिकहरुले ८ लाखदेखि १२ लाखसम्म बुझाएर जान बाध्य रहेको अध्ययनले देखाएको छ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग