पोर्चुगल । नेपाली महिला समाज पोर्चुगलले सोमबारदेखि नेपाली समुदायका दिदीबहिनीलाई निःशुल्क सौन्दर्यसम्बन्धी तालिम शुरु गरेको छ । कोभिड–१९ का कारण विश्व नै आक्रान्त बनेपछि रोजगार गुमाएका र नेपालबाट नयाँ आएका दिदीबहिनीलाई फुर्सदको समय सदुपयोग गर्नका साथै सीप सिकाउने र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यले तालिम आयोजना गरेको आयोजकले जानकारी दिएको छ ।
पोर्चुगलको राजधानी लिस्बन क्षेत्रमा बसोबास गर्दै आएका १० नेपाली दिदीबहिनीको तालिममा सहभागिता छ । तालिम एक महिना सञ्चालन हुनेछ । तालिमको प्रशिक्षकका रूपमा पोर्चुगलमा लामो समय सौन्दर्य व्यवसायमा छुट्टै पहिचान बनाउन सफल व्यवसायी मीरा कार्की रहनुभएको नेपाली महिला समाज पोर्चुगलका अध्यक्षले निर्मला खराल ढकालले बताउनुभयो । स्थापनाकालदेखि नै रचनात्मक एवं सिर्जनात्मक काममा सक्रिय नेपाली महिला समाजले समस्यामा परेका नेपालीलाई सहयोग, नेपाली संस्कृतिको प्रचारप्रसार, नेपालमा बालबालिका तथा महिलालाई आर्थिक सहयोग गर्दै आएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन : को को भए निर्वाचित ?
हिमपहिरोले अमेरिकामा जनजीवन ठप्प, उडानदेखि बिजुलीसम्म असर
नेपालमा राष्ट्रियसभाको १७ सदस्यका लागि आइतबार सातै प्रदेशमा मतदान
आइसिसी महिला टि– २० विश्वकपको ग्लोबल छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित
ब्रिटेन नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व चयन
बेल्जियममा मगर समुदायले भव्य रूपमा मनाए माघे सकराती
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
एनआरएनए यूकेको जानकारीसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ