कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनिएको साफ फुटबलको नयाँ मिति सार्वजनिक गरिएको हो । बैठकले साफको उमेर समूहका विभिन्न प्रतियोगिताको समेत समय तय गरेको छ । महिला यू–१६ साफ प्रतियोगिता सन् २०२१ को अगष्ट १८ देखि २७ सम्म आयोजना गर्ने तथा साफ यू–१९ प्रतियोगिता जुलाई १२ देखि २२ सम्म सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ ।
यस्तै पुरुषतर्फ साफ यू–१५ प्रतियोगिता अक्टोबर १ देखि १० सम्म तथा साफ यू–१८ प्रतियोगिता अक्टोबर १५ देखि २४ सम्म सञ्चालन गर्ने निर्णय गरिएको छ । ती प्रतियोगिता सञ्चालन हुने स्थान भने तय गरिएको छैन ।