काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षकमा अष्ट्रेलियाका डेभ वाटमोर नियुक्त हुनुभएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वाटमोरलाई राष्ट्रिय टोलीका प्रशिक्षक नियुक्त गरेको हो ।
वाटमोरले आगामी जनवरी १ तारिकदेखि नेपाली क्रिकेट टोलीलाई सम्हाल्ने क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभयो । क्यानले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकका लागि गत कात्तिक अन्तिम साता अन्तर्वार्ता लिएको थियो ।
श्रीलङ्कामा जन्मिनुभएका ६६ वर्षीय वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेट खेलाडी हुनुहुन्छ । उहाँकै प्रशिक्षणमा श्रीलङ्काले सन् १९९६ को एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो । उहाँले सन् २००३ देखि सन् २००७ सम्म बङ्गलादेशका प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । वाटमोरले भारतको यु–१९ क्रिकेट टोलीलाई पनि प्रशिक्षण दिनुभएको थियो । यस्तै उहाँले सन् २०१० र २०११ को याममा इण्डियन प्रिमियर लिग (आइपीएल) मा कोलकता नाइट राइडर्सलाई प्रशिक्षण दिनुभएको थियो ।
वाटमोर सन् २०१२ देखि सन् २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बन्नुभएको थियो । यस्तै सन् २०१४ मा वाटमोरले जिम्बावेको प्रशिक्षकका रुपमा काम गर्नुभएको थियो । उहाँ सन् २०२० मा सिङ्गापुरको प्रशिक्षक बन्नुभएको थियो । वाटमोर श्रीलङ्काको कोलम्बोमा जन्मिनुभएको हो । सन् १९६२ मा उहाँको परिवार अष्ट्रेलिया बसाइ सरेको हो । वाटमोरले सन् १९८९ मा खेल जीवनबाट सन्यास लिनुभएको हो । त्यसपछि उहाँ विभिन्न देशमा प्रशिक्षकका रुपमा काम गर्दै आउनुभएको छ ।
क्यानले गत भदौमा मुख्य प्रशिक्षकका लागि खुल्ला आवेदन आह्वान गरेको थियो । मुख्य प्रशिक्षकका लागि ७२ जनाले आवेदन दिनुभएको थियो । क्यानले पहिलो चरणमा २५ जनाको नाम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी० लाई पठाएको थियो । अन्तिममा १२ जनाको अन्तर्वार्ता लिएको थियो ।
गत वर्ष माघमा भारतीय प्रशिक्षक उमेश पटवालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो । पछिल्लो समय जगत टमटाले खेलाडीलाई प्रशिक्षण दिँदै आउनुभएको छ । यस्तै क्यानले रौनकबहादुर मल्ललाई महाप्रबन्धक, रमेशकुमार न्यौपानेलाई मुख्य वित्त व्यवस्थापक तथा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासलाई क्रिकेट व्यवस्थापकमा नियुक्त गरेको छ ।
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक