काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबार दिउँसो बस्दैछ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो छुट्टाछुट्टै राजनीतिक प्रस्ताव पेश गर्नुहुनेछ ।
अध्यक्षद्वयको साझा प्रस्ताव तयार हुन नसकेपछि दुवै अध्यक्षबाट फरक फरक प्रस्ताव पेश हुने र त्यसमाथि गम्भीर छलफल हुने कार्यसुचि छ ।
गत कात्तिक २८ गतेदेखि शुरुभएको सचिवालय बैठक मंसिर २० गते सम्पन्न भएपनि त्यसमा दुई अध्यक्षबीचको प्रस्तावमा सहमति बन्न सकेन । दुवै प्रस्ताव आज स्थायी कमिटी बैठकमा प्रस्तुत हुने बताइएको छ । बैठकमा दुवै अध्यक्षले प्रस्ताव प्रस्तुत गर्नुभएपछि अध्ययनका लागि स्थायी कमिटी सदस्यहरुलाई वितरण गरिनेछ । प्रस्ताव प्रस्तुत भएपछि केही समय अध्ययनका लागि बैठक स्थगित हुने नेकपाका नेताहरुको बुझाई छ ।
स्थायी कमिटी बैठक स्थगित भएको बेलामा दुई अध्यक्षबीच सहमतिको प्रयास हुने बताइएको छ । स्थायी कमिटी बैठकमा छलफल पछि समाधानको पहल लिइने नभएमा केन्द्रीय कमिटी बैठकमा पनि छलफल गरी समाधानको पहल गरिने नेताहरुको भनाई छ । केन्द्रिय कमिटीको बैठक २५ गतेका लागि तय गरिएको छ ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
क्यान्सरपीडित पत्रकार सेर्मालाई पाँचथर समाज सेवा यूकेबाट २ लाख ४८ हजार सहयोग
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?