एनआरएनए मध्यपूर्व बैठकमा नेपालीहरुको वर्तमान अवस्थाबारे छलफल


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रको बैठकले मध्यपूर्बमा रहेका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा जानकारी लिएको छ ।

उक्त भर्चुअल बैठकमा राजदूतहरु र एनआरएनएका कार्यसमितिका पदाधिकारीवीच मध्यपूर्बका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा छलफल गरिएको हो । कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिब हेमराज शर्मा, प्रबक्ता डिबी क्षेत्री, सचिब राजेन्द्र कुमार शर्मा तथा मध्यपूर्बका एनआरएन संयोजक प्रबीण गुरुङसहित मध्यपूर्बका बिभिन्न राष्ट्रका एनसिसि अध्यक्षहरुको उपस्थिति थियो।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले साकारात्मक सुचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिए । कतारका लागि नेपाली राजदूत नारद भारद्वजले नेपाल सरकारले प्राथमिकताक्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिए । उनले कोरोनाको समस्या कति सम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष कुमार पन्तले संघ मध्यपूर्बमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको बताए । संघका उपाध्यक्ष बद्री केसीले मजदूरहरुको उद्धार लागि २० करोड सम्मको सीड मनीको ब्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताब गरिएको जानकारी गराए । बैदेशिक रोजगार समितिका सँयोजक समेत रहेका केसीले बिदेशमा अलपत्र परेका १एक १२ जना नेपालीहरुका शब नेपाल लैजान नेपाल सरकारले कदम चाल्न आग्रह गरे ।

संघका प्रबक्ता डिबी क्षेत्री, मध्यपूर्ब उपसँयोजक राजेन्द्र अर्याल, कुवेतबाट मध्यपूर्ब महिला सँयोजक सुमित्रा राना, साउदी अरबबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य यस्मीन बेगम, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा, स्वास्थ्य समितिका सँयोजक डा. सजिब सापकोटा, यूएईबाट रबिन्द्र कुमार यादब, साउदी अरबबाट अनिरुद्ध पाठक, कतारबाट नितेश अर्याल लगायत सहभागी थिए ।

यस बाहेक बैठकले हेल्थ टीम गठन गरी परिचालन गर्नुपर्ने, हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि हेल्थ फण्डको ब्यवस्था गर्नु पर्नेमा जोड दिएको छ। त्यागैगारी मध्यपूर्बमा रहेका नेपालीहरुको अवस्थाको बारेमा उक्त छलफल केन्द्रित थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री